गुल्मीमा गैरदलितले लगाए दलितको हातबाट टीका
शुक्रबार, कात्तिक १४, २०७७
पाल्पाको पूर्वखोलामा गोठमा आगलागी हुँदा तीन चौपायाको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका १ अच्किचौरमा घर नजिकैको गोठमा आगालागी हुँदा तीन चौपायाको मृत्यु भएको छ । अच्किचौर निवासी धातानन्द पंगेनिको खरले छाएको २ तले कच्चि गोठमा अचानक आगलागी हुँदा गोठमा भएका एक भैसी, एक पाडो र एक पाडी जलेर मरेका छन् ।
गुल्मीको कालीगण्डकीमा ‘एक घर, एक धारा’ अभियान तीव्र, चालु आर्थिक वर्षलाई खानेपानी वर्ष मनाउँदै
बिहीबार, कात्तिक १३, २०७७
जिल्लाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका घर–घरमा धारा पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
पाल्पामा पाक्यो जापनीज प्रजातिको सुन्तला !
मंगलबार, कात्तिक ४, २०७७
कात्तिक, मंसिरमा सुन्तला पाक्नु त स्वाभाविक नैं हो । तर, भदौ असोजमै सुन्तला पाक्यो भन्ने कुरो अचम्मको हो । हो यस्तै भएको छ पाल्पा जिल्लामा पनि । कात्तिक, मंसिरमा पाक्ने सुन्तला भदौ, असोजमै पाकेर अचम्मै भएको छ ।
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक
सोमबार, कात्तिक ३, २०७७
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा नै जारी गरि पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाएको हो ।
पाल्पाका महिला खसी बोका बेचेर दसैँ खर्च जुटाउँदै
सोमबार, कात्तिक ३, २०७७
जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटकी भुमिसरा ठाडामगरले दसैँ नजिकिदै गर्दा दुई वटा खसी बेचेर ५१ हजार रुपैयाँ आम्दानी गरिन् । तिहारको लागि भूमिसराले दुईवटा खसी विक्रिका लागि तयारी अवस्थामा राखेकी छन् ।
गुल्मी प्रहरीद्वारा गाँजा नष्ट
आइतबार, कात्तिक २, २०७७
प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौरमा अवैध रुपमा रहेको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक वीरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा रहेको ८ कुन्टल गाँजाका बोट नष्ट...
रम्भाको पिपलडाँडामा प्रहरी चौकी
आइतबार, कात्तिक २, २०७७
जिल्लाको रम्भा गाउँपालिकाको पिपलडाँडामा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना प्रहरी रहने गरी प्रहरी चौकी स्थापना गरिएको हो । चौकीको लुम्बिनी प्रदेशका प्रहरी प्रवक्ता राजकुमार बैदावारले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
स्थानीय तहको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित सम्मान
शनिबार, कात्तिक १, २०७७
गुल्मीदरबार गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका गुल्मीका ग्राफिक्स डिजाइनर ईश्वर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको छ ।
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना
शुक्रबार, असोज ३०, २०७७
नेपालीहरूको महान् चार्डपर्व दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रशसान कार्याललयले विगतका चाडपर्वमा भएको सुरक्षा व्यवस्थानपनमा भएका कमी कमजोरीलाई मध्यनजर राख्दै यस वर्षको दसैँ तिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति विशेष सुरक्षा योजना बनाएको हो ।
उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन पाल्पा प्रशासनको आग्रह
बिहीबार, असोज २९, २०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गरी उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कोरोना संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाई घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरिएको हो ।
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह
बिहीबार, असोज २९, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक आदेश जारी गरि घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (घ) अनुसार विभिन्न आदेश जारी गरिएको छ ।


