Shittalpati
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन
समाचार प्रभाव : नदी दोहनको सम्बन्धित निकायले थाल्यो अनुगमन पाल्पाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनको सम्बन्धित निकायले अनुगमन थालेको छ । सोमबार शित्तलपाटी डटकम र मंगलबार नवजनचेतना दैनिकमा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अनुगमन समितिका संयोजक तथा जिल्ला समन्व समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबारबार नदी दोहन क्षेत्रको स्थलगत अनुगमन गरेको...
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’ जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् ।
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि
सुरक्षित गर्भपतन गराउने संख्यामा वृद्धि गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याड्ढले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको देखाएको हो ।
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै
तानसेनमा श्रीनगर साँस्कृतिक डबली बन्दै तानसेन नगरपालिका वडा ५ कैलाशनगरमा श्रीनगर साँस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी
मिलेमतोमा नदी दोहन, सम्झौता भन्दा दश गुणा नदीजन्य पदार्थ निकासी जिल्लामा स्थानीय सरकार र ठेकेदारको मिलेमतोमा जथाभावी नदी दोहन भएको खुल्न आएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको खुल्न आएको हो ।
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुटपिटबाट एक व्यक्ति घाइते भएका छन् । बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरी चौधरीसँगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो ।
थोत्रिँदै छन् करोडौंका गाडी
थोत्रिँदै छन् करोडौंका गाडी पाल्पा बसपार्कमा छ महिनादेखि थन्किएका गाडीका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका गाडीका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् । कोरोना महामारीका बेला भएको बन्दाबन्दीले यातायात मजदुर घरमा छन्, जसले गर्दा रोकिएका गाडी ‘स्टार्ट’ समेत गरिएको छैन ।
पाल्पामा लागूऔषध सहित दुई जना व्यक्ति पक्राउ
पाल्पामा लागूऔषध सहित दुई जना व्यक्ति पक्राउ पाल्पामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले रामपुर नगरपालिका ३ का ३१ वर्षीय सुरेन्द्र घिमिरे र सोही स्थानका २४ वर्षीय प्रमोद घिमिरेलाई लागूऔषध सहित तानसेन ८ माथिल्लो डुम्रेबाट पक्राउ गरेको हो ।
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन अग्रभागमा रहेर काम गर्दै आएका जिल्लाका केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातदेखिनै आफ्ना नागरिकलाई जोखिमबाट बचाउन टोल–टोल र घर–घरमा पुगी सचेतनाका कार्यक्रमहरुमा सक्रिय हुँदै आएका तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द !
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द ! तानसेनमा जनप्रतिनिधिलाई समेत कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका दुई जना सहित तानसेनका चार जना जनप्रतिनिधिमा कोरोना देखिएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगर सरकारले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
Weather Update