Shittalpati
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ३ रजघरामा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाको २ वर्षका छोरा बोधराज देवकोटाको आफ्नै घर आगनमा खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।

विहीबार साँझ आँगन छेउको कुलोमा उनी डुबेको अवस्थामा हजुरबुबाले देखेर उद्दार गरिएको थियो । उनलाई उपचारका लागि रामपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update