गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, तीन घाइते
गुल्मी, जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मी – २ अर्बेनी दभौखानीमा जिप दुर्घटना भएको छ । आज दिउँसो बा ०२२० नम्वर महेन्द्र पिक जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिए । उनका अनुसार पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्


