Shittalpati
आज इन्दिरा एकादशी
आज इन्दिरा एकादशी आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाइँदै छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ । 
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा शनिबार बागलुङ नगरपालिका–४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ । 
 पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए
 पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौँको संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा...
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए । 
अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर
अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् । बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सञ्चालन गर्न बाध्य भएका हुन् ।
तीन सय वर्षे हनुमान नाँच : एक्काइस महिना देखाएर सकियो
तीन सय वर्षे हनुमान नाँच : एक्काइस महिना देखाएर सकियो नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाँच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए ।
सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती
सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु
गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार  भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ ।   बा।प्र।०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।
Weather Update