Shittalpati

हाम्रो बारे :

शित्तलपाटी डटकम अनलाइन कैलाशनगर मिडिया प्रालिको प्रकाशनमा, प्रेस काउन्सील नेपाल र सूचना विभागमा आव २०७५/०७६ मा बिधिवत दर्ता नं. ११९६।०७५-०७६ मा सञ्चालनको स्वीकृत प्राप्त गरी सञ्चालनमा आएको हो । शित्तलपाटी डटकम ले पत्रकार आचार संहिताको पूर्ण रुपमा पालना गर्दै आएको छ । नवजनचेतना दैनिकको आधिकारिक WebSite : www.shittalpati.com यस क्षेत्रको सर्वाधिक पढीने नेपाली भाषाको अनलाइन डिजिटल पत्रिका हो । यो अनलाइन डिजिटल पत्रिकाका उपभोक्ताहरु संसार भर छरिएर रहेका नेपाली भाषी हुन् ।
पश्चिम नेपालको सुन्दर र मनोहर पर्यटकीय स्थल पाल्पाको सदरमुकाम तानसेनबाट २०७१ सालदेखि परिक्षणका रुपमा शुरु भएको शित्तलपाटी डटकमले आफ्नो डोमिनलाई ३ वर्षसम्म परिक्षणका रुपमा सञ्चालनपछि मात्र विभागबाट बिधिवत स्वीकृती पाएको थियो । डिजिटल पत्रिकामा खोजमुलक, समसामयिक घटना र परिघटनाको विश्लेषण गरी समाचार प्रकाशित गरिन्छ । साथै साहित्य, समालोचना, बालसंसार (बाल कथा, कविता, जानकारी, बाल सचेतनासम्बन्धि लेख) कृषि, स्वास्थ्य, पर्यटन सम्बन्धी समाचार, समसामयिक घटना क्रमका समाचार एवं रोचक स्तम्भ समावेश हुने गर्छन् । साथै कार्टुन, फोटो फिचर, भिडियो आदि सामग्री समेत समावेश हुने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
Weather Update