पूर्वखोला गाउँपालिकाको सार्वजनिक सूनुवाई
बुधबार, पुस २३, २०८२
स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी
बुधबार, पुस २३, २०८२
अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।
रामपुर बालमैत्री पालिकाको अभ्यासमा
बुधबार, पुस २३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी थालेको छ । २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरेको नगरपालिकाले तयारी तिव्र पारेको हो ।
रामपुर नगर सभाको १८ औं अधिवेशन, बजेट रकमान्तर, दुई विधेयक पारित
मंगलबार, पुस २२, २०८२
जिल्लाको रामपुर नगरपालिकाको १८ औं नगरसभाले बजेट रकमान्तरसहित दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसहमत रुपमा पारित गरेको हो ।
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी !
सोमबार, पुस २१, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाकी सिता दर्लामीलाई योजना सम्झौता गर्न पालिका जानुपर्ने थियो । तर समय र खर्च बढी लाग्ने भएपछि उनी सम्झौता गर्न जाने जागरमा थिइनन् ।
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
सोमबार, पुस २१, २०८२
स्याङ्जाको वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ–१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विद्यार्थीलाई स्वागतसँगै उत्प्रेरणा तालिम
बिहीबार, पुस १०, २०८२
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नव आगन्तुक विद्यार्थीलाई स्वागतसँगै उत्प्रेरणा तालिम प्रदान गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा स्नातक तहको विभिन्न संकायमा अध्ययनरत पहिलो वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागतसँगै उत्प्रेरणा तालिम प्रदान गरिएको हो ।
पाल्पा दरवार संग्रहालय परिसरमा ३ दिने चित्रकला तथा फोटो प्रदर्शनी शुरु
आइतबार, पुस ६, २०८२
तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनलाई देश–विदेशमा पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यसहित पाल्पा दरबार संग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु गरिएको छ । तानसेन गुठी पाल्पाको आयोजनामा सुरु भएको यो प्रदर्शनी पुष ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।
रोटी बनाउने सिप सिकेर आयआर्जमा जोडिदै तानसेनका महिला
मंगलबार, पुस १, २०८२
तानसेन नगर भित्रका महिलाहरू अहिले स·ठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका महिलाहरू पछिल्लो समय आयआर्जनमूलक कार्यमा जोडिएका हुन् ।
रानीमहल सहकारीले मनायो १७ औं साधारणसभा
शनिबार, मंसिर २७, २०८२
जिल्लाको तानसेनमा सञ्चालित रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं बार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारणसभा मनाएको हो ।
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै
आइतबार, मंसिर २१, २०८२
जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
युवा पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको...
अपाङ्गता भएकाहरुलाई परिचयपत्र र सहायता सामग्री
शुक्रबार, मंसिर १९, २०८२
जिल्लाको रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको छ । नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको हो ।

-1762576335.jpg)