नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
शनिबार, कात्तिक २१, २०८३
तिहारको मुखमै विभिन्न घटनामा नौ जनाको मृत्यु
शनिबार, कात्तिक २१, २०८३
तिहारको चहलपहल बढिरहेका बेला देशका विभिन्न जिल्लामा भएका दुर्घटना तथा अन्य घटनामा परी नौ जनाले ज्यान गुमाएका छन्। केन्द्रीय समाचार कक्षका अनुसार छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा छ जना, खोलामा डुबेर एक जना र अन्य दुई जना मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पामा चर्को आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा
शुक्रबार, कात्तिक २०, २०८३
पाल्पा जिल्लाका विभिन्न स्थानमा स्वरुप परिवर्तन गरी तीव्र गतिमा मोटरसाइकल चलाउने तथा चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीले निगरानी र कारबाही अभियानलाई तीव्रता दिएको छ ।
बाँझो जमिनमा फूल खेतीको बहार, तिहारमा ६ लाख कारोबार गर्ने लक्ष्य
शुक्रबार, कात्तिक २०, २०८३
बाँझो जमिनलाई उत्पादनसँग जोड्न सके राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा ईन्दिरा कोइराला र छोरा खिमराज कोइरालाले दिएका छन् । वर्षौंदेखि प्रयोगविहीन रहेको चार रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरु गरेका उनीहरूले यस वर्षको तिहार तथा दीपावलीमा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने...
गुल्मेली संगम पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त
बिहीबार, कात्तिक १९, २०८३
गुल्मी जिल्लाबाट विभिन्न पेसा, व्यवसाय, रोजगार तथा अध्ययनको सिलसिलामा पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरूको साँझा संस्था गुल्मेली संगम पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । संगमको तानसेनमा भएको दोस्रो अधिवेशनबाट डाँसुराम पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
तिहारको खुसी खोज्दै पाल्पा आइपुगे राउटे
बिहीबार, कात्तिक १९, २०८३
तिहारको रौनक सुरु हुँदै गर्दा लोपोन्मुख राउटे समुदायका पाँच सदस्य चाडपर्व मनाउने खर्च जुटाउन पाल्पा आइपुगेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू आफ्नै हातले निर्माण गरेका काठका सामग्री बिक्री गर्दै तिहारका लागि आवश्यक रकम जुटाउन यहाँ आइपुगेका हुन् ।
कार्की आईजीपीबाट हटाइए, केसीलाई दिइयो जिम्मेवारी
बिहीबार, कात्तिक १९, २०८३
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको छ ।
कृषि पढेका युवाको रोजाइमा पुष्पखेती
बिहीबार, कात्तिक १९, २०८३
बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् ।
लुम्बिनीमा विश्व शान्तिका लागि पूजा : बाह्र देशका बौद्ध धर्मावलम्बी सहभागी
बुधबार, कात्तिक १८, २०८३
विश्वशान्ति, मानव कल्याण तथा सम्पूर्ण प्राणी जगत्को सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा सातदिने विशेष धार्मिक पूजा सुरु भएको छ ।
सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
बुधबार, कात्तिक १८, २०८३
दाङ लमही नगरपालिका–५ कोलहीमा बस्दै आएकी वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त छिन् । उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताइन् ।
लुम्बिनी मन्त्रिपरिषद्का निर्णय : उपचार कार्यविधि स्वीकृत
बुधबार, कात्तिक १८, २०८३
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचार व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यविधि स्वीकृत गरेको छ ।
राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
मंगलबार, कात्तिक १७, २०८३
राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी ।
ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु
मंगलबार, कात्तिक १७, २०८३
दाङको देउखुरी क्षेत्रमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढद्रीमा सोमबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।


