Shittalpati
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा सञ्चालित दुई वर्षे ‘इङ्लिश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम’ अन्तर्गत ३८ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरूको ग्राजुएशन कार्यक्रम  तानसेनमा भएको हो ।
आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा
आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सड्ढटमा पर्दै गएको छ । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुख्र्यौली पेसा सड्ढटमा पर्दै गएको बताए ।
छुट्टाछुट्टै घटनामा  पाँच जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा  पाँच जनाको मृत्यु देशका विभिन्न स्थनमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा दुई जना र तीन जना मृत अवस्थमा भेटिएका हुन् ।
विच सडकबाट जमिन चिरा परेपछि  देवगीर बजार पहिरोको उच्च जोखिममा
विच सडकबाट जमिन चिरा परेपछि  देवगीर बजार पहिरोको उच्च जोखिममा लगातार चार दिनको अविरल वर्षाका कारण  जमिन चिरा परेपछि पाल्पाको माथागढी गाउँपालिकाका  वडा नंं ४ देवगीर ( खलिपोखरा)  बजार पहिरोको उच्च जोखिमका परेको छ ।
तानसेन होमस्टे समितिको साधारण सभा : होमस्टे पर्यटनले आर्थिक गतिविधि बढाएको दाबी
तानसेन होमस्टे समितिको साधारण सभा : होमस्टे पर्यटनले आर्थिक गतिविधि बढाएको दाबी तानसेन होमस्टे समितिले सातौं साधारण सभा मनाएको छ । समितिले तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ ।
गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर
गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर  मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ ।
वर्षाले पाल्पाका सडक क्षतविक्षत, पुल समेत जोखिममा
वर्षाले पाल्पाका सडक क्षतविक्षत, पुल समेत जोखिममा चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले पाल्पाका सडक तथा पुलमा व्यापक क्षति पुगेको छ । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म दर्जनौँ स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ ।
बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४  पुग्यो
बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४  पुग्यो रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ४५ पुगेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट गरी १ हजार ४ सय ५४ जनाको शव फेला परेको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन जनाको सवारी दुर्घटना र पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
जागिरसँगै कृषि कर्म
जागिरसँगै कृषि कर्म गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिड्ढा कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए ।
Weather Update