आनन्द सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सरोजराल शाक्य
शनिबार, असोज ४, २०८२

बुटवलको भाटभेटनी लुटपाटमा संलग्न शिक्षक निष्कासन
शनिबार, भदौ २८, २०८२
बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै एक शिक्षकलाई निकाष्सन गरिएको छ । भदौ २४ गते राति भएको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविले विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरेको हो ।

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह
बिहीबार, भदौ २६, २०८२
सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
-1721213853.jpg)
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
बुधबार, भदौ १८, २०८२
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेप्सेमा १९ अंकको गिरावट
मंगलबार, भदौ १७, २०८२
नेप्सेमा गिरावट आएको छ । मंगलबार १९ दशमलव ८९ अंक घटेको हो । सोमबारको तुलनामा ० दशमलव ७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा ओर्लेको छ ।

दसैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने, नयाँ नोट भने नपाइने
आइतबार, भदौ १५, २०८२
दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले एक जना जारी गर्दै दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था गरिएको जनाएको हो ।
-1721213853.jpg)
सुनको तोलाकै २ लाख नाघ्यो
शुक्रबार, भदौ १३, २०८२
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँचले बढेको छ ।

नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
बुधबार, भदौ ११, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी
मंगलबार, भदौ ३, २०८२
यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो ।

तानसेनमा भैरव सुज हाउस सञ्चालनमा
बिहीबार, साउन २९, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा भैरव सुज हाउस सञ्चालनमा आएको छ । यहाँको चार जना युवाहरु मिलेर सुज हाउस सञ्चालनमा ल्याएका हुन् ।

पाल्पामा लालीगुँरास सहकारीका व्यवस्थापक पक्राउ
बिहीबार, साउन २९, २०८२
जिल्लाको रम्भा गाउँपालिका– ४ मा मुख्य कार्यालय रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ परेका छन् ।

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग
मंगलबार, साउन २७, २०८२
माछापुच्छ्रे बैक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग गरेको छ । बैंकले यहाँको रिब्दीकोट गाउँपालिका –५ मा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालमा छुट
शुक्रबार, साउन २३, २०८२
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्रहकको सेवालाई मध्यनजर गर्दै अस्पतालमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकमा आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेसँगै ग्राहकले छुट पाउने भएका छन् ।