Shittalpati
लुम्बिनी प्रदेश : ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक ( हेर्नुहोस् पूर्णपाठसहित )
लुम्बिनी प्रदेश : ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक ( हेर्नुहोस् पूर्णपाठसहित ) लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्  ।
भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद
भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा  एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो । 
सुनचाँदीको मूल्य आज पनि घट्यो
सुनचाँदीको मूल्य आज पनि घट्यो स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो । 
नेप्से परिसूचक २६ अङ्कले घट्यो
नेप्से परिसूचक २६ अङ्कले घट्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सिमित भएको हो ।
 पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए
 पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौँको संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा...
मदिरा र चुरोटमा कर वृद्धि
मदिरा र चुरोटमा कर वृद्धि सरकारले मदिरा र चुरोटमा  कर बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरा र चुरोटमा कर बृद्धि गरिएको जानकारी गराएका हुन् ।
संघीय बजेटमा लुम्बिनी प्रदेश
संघीय बजेटमा लुम्बिनी प्रदेश ,संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३÷८४ को बजेट तथा कार्यक्रममा लुम्बिनी प्रदेशका यसअघि सारिएका महत्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ, भने केही योजना सञ्चालनमा निजी क्षेत्रलाई जिम्मेवारी दिनेगरी सीमित नयाँ योजना मात्रै प्रस्तावित रहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला...
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४  का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको वार्षिक बजेट ल्याएको छ । संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार उक्त बजेट प्रस्तुत गरेका हुन् । 
लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता
लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता सरकारले सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई आगामी आर्थिक वर्ष २०८३÷८४ मा पनि निरन्तरता दिने भएको छ ।
आयकर छुटको सीमा रु १० लाख
आयकर छुटको सीमा रु १० लाख अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोकेका छन् । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको उनले जानकारी दिए । 
आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री
आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन । 
Weather Update