Shittalpati
दसैंपछि सुनको मूल्य ११ हजार ७ सयले घट्यो 

पाल्पा, दसैं बिदापछि पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update