तानसेनको छेर्लुङ्गमा काँग्रेसको वडा सम्मेलन
बिहीबार, मंसिर २१, २०८०

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
बिहीबार, कात्तिक ३०, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

भूकम्पको निसानामा जाजरकोट
मंगलबार, कात्तिक २१, २०८०
२०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प
सोमबार, कात्तिक २०, २०८०
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
शनिबार, कात्तिक १८, २०८०
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीले सम्बन्धित सबैलाई अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते
शनिबार, कात्तिक १८, २०८०
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडका भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँचको मृत्युु
बिहीबार, जेठ ११, २०८०
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना भएको छ । विहीबार विहान दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो
बिहीबार, असोज ६, २०७९
रुकुमपूर्वको भूमे गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकामा भएका छट्टुाछट्टै बस दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ । विहिबार भएका दुर्घटनामा भूमे गाउँपालिकामा ५ जना र भीमफेदी गाउँपालिकामा ७ जनाको ज्यान गएको हो ।

गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गयो
बुधबार, फागुन १८, २०७८
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीया सरिता थापाको माछा मार्ने क्रममा करेन्टर लागेर ज्यान गएको हो ।

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, ७ जना घाइते
मंगलबार, चैत ३, २०७७
सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप दुर्घटना भएको हो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैठक
मंगलबार, पुस १४, २०७७
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्य समिति पाल्पाको बैठक भएको छ । तानसेनको दरवार अगाडि रहेको होटल व्यवसाय समितिको कार्यालयमा एक कार्यक्रमका बिच बैठक भएको हो ।