Shittalpati
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते

पाल्पा,  पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडका भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पाल्पासम्म महसुस भएको थियो भने भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीसम्मै यसको धक्का महसुस गराएको थियो ।

मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  प्रहरीका अनुसार करिब १ सय ४० जना घाइते भएका छन् । जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन् ।साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । 

प्रहरीका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको  हो । यहाँ  ८५ जना घाइते भएका छन् । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update