आज राष्ट्रिय सूचना दिवस मनाइँदै
बुधबार, भदौ ३, २०८३
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै
सोमबार, भदौ १, २०८३
श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ ।
आज वराह जयन्ती मनाइँदै
शुक्रबार, साउन २९, २०८३
आज भगवान् विष्णुको तेस्रो अवतारका रूपमा मानिने भगवान् वराहको जन्मजयन्ती मनाइँदै छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ ।
नेवार समुदायको गुँला पर्व आजदेखि सुरु
बिहीबार, साउन २८, २०८३
बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गुँला पर्व आजदेखि आरम्भ भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वका अवसरमा विभिन्न बौद्ध विहार, चैत्य तथा स्तूपमा धार्मिक गतिविधि सुरु भएका छन् ।
आज विश्व सुलेखन दिवस मनाइँदै
बिहीबार, साउन २८, २०८३
अक्षरलाई सुन्दर, आकर्षक र कलात्मक ढंगले प्रस्तुत गर्ने कला सुलेखन (क्यालिग्राफी) को महत्व उजागर गर्दै आज विश्व सुलेखन दिवस मनाइँदै छ । सन् २०१७ देखि विश्व सुलेखन दिवस मनाउन थालिएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
बुधबार, साउन २७, २०८३
युवाको भूमिका, क्षमता र योगदानलाई सम्मान गर्दै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
आज अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै
आइतबार, साउन २४, २०८३
विश्वभर आज अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
दोस्रो राष्ट्रिय कोदो दिवस मनाइयो
आइतबार, साउन १७, २०८३
शनिबार पाल्पा, गुल्मीसहित देशैभर दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी कोदो दिवस मनाइएको हो ।
किन हराउँदैछ खिरको मौलिक स्वाद ?
शुक्रबार, साउन १५, २०८३
नेपाली समाजमा साउन महिनाको विशेष महत्व छ । विशेषगरी साउन पन्ध्रलाई खिर खाने, परिवार र आफन्तसँग भेटघाट गर्ने तथा कृषि संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।
अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
बिहीबार, साउन १४, २०८३
आज अन्तर्राष्ट्रिय मित्रता दिवस नेपालसहित विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
बिहीबार, साउन १४, २०८३
आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो ।
गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै
बुधबार, साउन १३, २०८३
आज देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ गुरु पूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्व मनाइने गरिन्छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आज विश्व बाघ दिवस मनाइँदै
बुधबार, साउन १३, २०८३
आज नेपालसहित विश्वभर विश्व बाघ दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २९ मा मनाइने यस दिवसको उद्देश्य बाघ तथा यसको प्राकृतिक बासस्थानको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु र बाघ संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउनु हो । नेपालमा पनि सरकारी निकाय, संरक्षण साझेदार संस्था तथा...


