Shittalpati
लोक दोहोरी प्रतिष्ठान पाल्पाको अध्यक्षमा कार्की

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको अध्यक्षमा रुपेश कार्की चयन भएका छन् । शाखाको २३ औं साधारणसभा तथा नवौं अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

उनी यस अघि प्रथम उपाध्यक्ष थिए । अधिवेशनले  प्रथम उपाध्यक्षमा दीपक केसी, द्वितीय उपाध्यक्षमा गणेश न्यौपाने, महिला उपाध्यक्षमा धनीसरा खाम्चा, सचिवमा रामकृष्ण थापा, कोषाध्यक्षमा मेघराज बस्याल, सहसचिवमा सुमितकुमार घिमिरे र सहकोषाध्यक्षमा रूपा थापालाई चयन गरेको छ ।  यस्तै सदस्यहरूमा बिजय बमरेल, भरत खड्की, ममता कोइराला, जनकराज अर्याल, कृष्ण थापा, राजन थापा, गोविन्द थापा, अनिता ज्ञवाली, महादेव विश्वकर्मा, सिमा सारु, ऐशोरा कार्की, निरु सुनार, विष्णु कोइराला, सुरेश रायमाझी र चोपीकुमारी गाहा रहेको निर्वाचन अधिकृत शिव देवकोटाले जानकारी दिए । 

अधिवेशनको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बद्री पंगेनी उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले लोक तथा दोहोरी गीत नेपाली संस्कृतिको जग भएको बताए । मुलुकको पहिचान र मौलिकता जोगाउने काम गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेश प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दामोदर बस्याल, प्रदेश सचिव रेखा विष्ट। तनसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्य लगायतले लोक तथा दोहोरी गीत केवल मनोरञ्जनको माध्यम नभई राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा भएको बताए । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई निवर्तमान अध्यक्ष कमल भट्टराईले धन्यवाद ज्ञापन गरे ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update