तरकारी र दूधमा विषादी फेला
आइतबार, जेठ २४, २०८३
कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
बुधबार, जेठ ६, २०८३
यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउन्छिन् ।
किसानलाई मल–बीउ देऊ
बुधबार, जेठ ६, २०८३
नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६६ प्रतिशत मानिसहरू कृषि पेशामा आश्रित छन् । फलतः कृषि विकासको लागि मल, बिउ, सिँचाइ आवश्यक पर्छ तर हाम्रो देशमा बाली लगाउने समयमा मलको अभाव सधैँ नै भइरहन्छ ।
कृषि आयात र आत्मनिर्भरताको चुनौती
सोमबार, जेठ ४, २०८३
कृषिप्रधान देश भनेर चिनिएको नेपाल आज दैनिक उपभोगका धेरै कृषि वस्तुमा परनिर्भर बन्दै गएको छ । धान, मकै, तरकारी, फलफूलदेखि दूधजन्य पदार्थसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु केवल आर्थिक समस्या मात्र होइन, राष्ट्रिय आत्मनिर्भरतामाथिको गम्भीर चुनौती पनि हो ।
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
आइतबार, जेठ ३, २०८३
म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रुपमा स्याउखेती सुरु गरेको बताए ।
थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
बुधबार, वैशाख ३०, २०८३
तुलसीपुर उपमहानगरपालिका–१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।
लुम्बिनी प्रदेशमा चैते धान रोप्ने क्षेत्रफल घट्दै
शनिबार, वैशाख १२, २०८३
लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तरार्ईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन । तराईका जिल्लामा धानखेतीको विकल्पमा हिउँदे मकैखेती लगाउने, केही जिल्लामा चिनी मिल सञ्चालनमा आएपछि किसान नगदे बालीको रुपमा उखुखेतीतर्फ आकर्षित हुँदा धानखेतीको क्षेत्रफल...
कृषि र पशुको स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी
बुधबार, वैशाख ९, २०८३
कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र पाल्पाले स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी तानसेनमा गरेका छन् । उनीहरुले लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा निर्वाचन लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तक्र्रिया तथा स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी गरेका हुन् ।
गाउँमा आएन डिपबोरिङमा पानी
बुधबार, चैत १८, २०८२
दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गरेका थिए ।
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु
बिहीबार, चैत १२, २०८२
जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।
गाई–भैंसीको निःशुल्क गर्भ परीक्षण
शनिबार, फागुन २३, २०८२
जिल्लाको एक स्थानीय तहले कृषकले पालेका गाई–भैंसीको निःशुल्क गभए परीक्षण गरिदिने गरेको छ । यहाँको पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोग पाल्पाको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गोठमै प्राविधिक पठाएर गाइँ–भैंसीको निःशुल्क गर्भ परीक्षण गर्दै आएको हो ।
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
शुक्रबार, फागुन १५, २०८२
हाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन
सोमबार, माघ २६, २०८२
यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

-1780807331.jpeg)
