बुटवल, लुम्बिनी वचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कुन)को विस्तृत बैठक बुटवलमा भएको छ । लुम्बिनी प्रदेश भित्रका वचत र ऋणको कारोबार गर्ने सहकारीहरुको छाता संगठनका रुपमा रहेको प्रोस्कुनको आज बुटवलमा विस्तारित बैंठक बसेको हो ।

संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा बसेको बैठकले प्रोस्कुनको २०८२ पुस १० गते हुने पाँचौ वार्षिक साधारण सभा बुटवलमा गर्ने प्रस्तावलाई पारित गरि अगाडि बढ्ने निर्णय गरेको छ । संघको बैठकले निकाल्ने निष्कर्षबाट साधारणसभाका लागि भावि योजना र रणनैतिक अवस्थालाई कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाले बताए ।बैठकले महासचिव वसन्त प्रसाद ढकालले पाचौ बार्षिक सभारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनलाई पारित गरेको छ । संघका अध्यक्ष नेपालले बैंठमा संघको भावि योजना, रणनीति र अभियानका विषयमा भएका विभिन्न खालका प्रयासहरुका विषयमा स्पष्ट पारेका थिए ।

संघका सचिव तथा नीति तथा कार्यविधी मस्यौदा निमार्ण समितिका संयोजक जगदीश भट्टराईले विभिन्न विषयका नीति तथा कार्यविधिहरुका मस्यौदा प्रस्तुत गर्नुका साथै पाँचौं साधारणसभामा प्रस्तुत गर्ने योजना रहेको जानकारी दिए । बैठकले पुस १० गते हुने पाँचौं साधारण सभाबाट सदस्यता वृद्धि, आवधिक र नियमित बचत प्रक्रियालाई कसरी गर्ने ?, प्रारम्भिक र अभियानमा लागेका संघमा भएको अत्याधिक तरलतालाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा व्यापक छलफल गरी साधारणसभामा पेश गर्ने सहमति भएको छ । साथै सहकारीका नयां प्रावधान, सहकारी विभाग, प्राधिकिरणका काम कारवाहीलाई सही दिशातर्फ कार्यान्वयन गर्दा पर्ने रणनैतिक तयारीलाई प्राथमिकता दिने बिषयमा समेत बैठकले महत्वपुर्ण निर्णय गरको संघका व्यवस्थापक तारा अर्यालले जानकारी दिईन ।



