Shittalpati
एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

पाल्पा, अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएसँगै अब एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न पाइने भएको  हो । चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।  यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update