गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म
आइतबार, असोज २५, २०८३
काँग्रेस सभापतिमा गगन थापा विजयी
शनिबार, असोज २४, २०८३
नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।
कांँग्रेस महाधिवेशनमा दलहरूबीच आत्मसमीक्षा
सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रलाई थप खुला, समावेशी र उत्तरदायी बनाउँदै मुलुकको आर्थिक समृद्धि तथा राजनीतिक स्थायित्वका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हन् ।
आजदेखि काँग्रेसको १५ औं महाधिवेशन, ७ हजार ५ सय बढी प्रतिनिधि काठमाडौंमा
आइतबार, असोज १८, २०८३
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसका प्रवक्ता तथा १५ औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
आजदेखि देशैभर काँग्रेसको वडा अधिवेशन
शनिबार, असोज ३, २०८३
नेपाली काँग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ ।
देउवा पक्षले झुक्यायो आफ्नै नेताहरुलाई
आइतबार, भदौ २८, २०८३
नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरुलाई झुक्याएको छ । समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरु मध्ये धेरैले आफुहरुलाइ झुक्याएर नाम राखिएको भन्दै आफ्नो नाम फिर्ता लिएका छन् ।
काँग्रेस विवादबीच नेता बस्यालको स्पष्टोक्ति– ‘गुट होइन, एकताको पक्षमा छु’
आइतबार, भदौ २८, २०८३
नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन तथा तल्लो तहका अधिवेशन सम्पन्न गर्न खटाएको केन्द्रीय प्रतिनिधिको सूचीमा पाल्पाबाट आफ्नो नाम समावेश भएपछि कांग्रेस नेता कृष्ण बस्यालले आफू कुनै पक्ष वा समूहमा नरहेको स्पष्ट पारेका छन् ।
उद्योग मन्त्री यादवले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
काँग्रेसको महाधिवेशनको कार्यतालिका परिमार्जन
बुधबार, भदौ २४, २०८३
नेपाली काँग्रेसको १५औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको समयतालिका परिमार्जन गरेको हो ।
भाद्र २४ : नेपालको इतिहासमा एउटा कालो दिन !
बुधबार, भदौ २४, २०८३
२०८२ भाद्र २४ गते नेपालको राजनितिक इतिहास र लोकतान्त्रिक यात्रामा गहिरो घाउ छोडेर गएको दिन हो। भाद्र २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलनले उठाएका प्रश्न र असन्तुष्टिको राजनीतिक समाधान खोजिनुपर्ने समयमा २४ गतेको घटनाक्रम हिंसा, आगजनी, तोडफोड र राज्यका महत्वपूर्ण संरचनामाथिको आक्रमणमा परिणत भयो। त्यस दिन भएका घटनाले केवल भौतिक...
विवाद समाधानका लागि गगन–पूर्णबहादुर भेटवार्ता, सहमतिको सम्भावना बढ्यो
आइतबार, भदौ २१, २०८३
पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरूप सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ । भेटवार्ता भएको दुवै पक्षले पुष्टि गरेका छन् । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबीच भेटघाट भएको हो ।
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित
सोमबार, भदौ १५, २०८३
नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ
सोमबार, भदौ १५, २०८३
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।


