निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
आइतबार, माघ ४, २०८२
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा
आइतबार, माघ ४, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई
शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय
शुक्रबार, माघ २, २०८२
यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो : नेता भट्टराई
बिहीबार, माघ १, २०८२
नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रभावशाली युवा नेता जगदीश भट्टराईले काँग्रेस विभाजन नभई पार्टी रुपान्तरणको प्रारम्भ भएको बताएका छन् ।
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता
मंगलबार, पुस २९, २०८२
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।
काँग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयन हुने
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।
गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।
विश्वप्रकाशले पेश गरेको सांगठनिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन । भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ ।
काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो : गगन थापा
आइतबार, पुस २७, २०८२
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।


