Shittalpati
नेपाल प्रेस युनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल

पाल्पा, प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको नयाँ नेतत्व चयन भएको छ । आइतबार तानसेनमा भएको युनियनको १० औं जिल्ला अधिवेशनले आगामी दिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । 

अधिवेशनले दुर्गेश मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको  छ । मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा विष्णु प्रसाद खनाल, महिला उपाध्यक्षमा मीना कुमाल सिलवाल चयन भएका छन् । यसैगरी सचिवमा दुर्गा प्रसाद अर्याल, सह–सचिवमा सन्तोष सुनार, कोषाध्यक्षमा इमानसिं राना चयन भएको निर्वाचन अधिकृत शिव प्रसाद देवकोटाले जानकारी दिए । यस्तै सदस्यहरूमा प्रेरणा नेपाल, किसन पोखरेल र सुमन कार्की चयन भएका छन् ।  अध्यक्षमा चयन भएसँगै मल्लले पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै जिल्लाको पत्रकारितालाई थप व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

अधिवेशनबाट युनियनको केन्द्रीय तथा प्रदेश प्रतिनिधिसमेत चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा मन कुमारी काफ्ले गहिरे, जगदीश भट्टराई, भरत शर्मा, प्रकाश खनाल, मुक्ति प्रसाद न्यौपाने, सीता डोटेल, दिपक भट्टराई चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा रामचन्द्र रायमाझी, सीता पाण्डेय, दानबहादुर हिस्की, सुनिल कार्की, रामचन्द्र ढुंगाना, अनिल लिगल चयन भएको निर्वाचन समितिले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update