Shittalpati
लैंगिक हिंसा : सभ्य र समृद्ध समाज निर्माणको बाधक

मनोज आचार्य

महिला तथा बालिकामाथि हुने हिंसा आज पनि विश्वका धेरै समाजका लागि गम्भीर चुनौतीका रूपमा रहेको छ । सभ्य, शिक्षित र विकसित समाज निर्माणको चर्चा भइरहँदा महिलाले आफ्नै घर, परिवार, कार्यस्थल र सार्वजनिक स्थानमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन । शारीरिक आक्रमणदेखि मानसिक यातना, यौन दुव्र्यवहार, आर्थिक नियन्त्रण र सामाजिक विभेदसम्मका अनेकौँ स्वरूपमा महिला हिंसा भइरहेको छ । यस्ता हिंसाले महिलाको व्यक्तिगत जीवनमा मात्र नभई परिवार, समाज र समग्र राष्ट्रको विकासमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । त्यसैले महिला हिंसाको अन्त्य केवल महिलाको अधिकारको विषय नभई मानव अधिकार, सामाजिक न्याय र समानतासँग जोडिएको साझा जिम्मेवारी हो । हरेक वर्ष नोभेम्बर २५ मा मनाइने अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसले यही सन्देश प्रवाह गर्दै आएको छ । यस दिवसको अवसरमा महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न व्यक्ति, परिवार, समुदाय र राज्य सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता पुनः स्मरण गर्नुपर्छ ।
लैङिगक हिंसा के हो ?
लैंगिक हिंसा भन्नाले पुरुषद्वारा महिलाविरुद्ध वा महिलाद्वारा पुरुषविरुद्ध गरिने प्रत्यक्ष वा अप्रत्यक्ष त्यस्ता क्रियाकलापलाई बुझिन्छ, जसले पीडितको शारीरिक, मानसिक तथा सामाजिक पक्षमा हानि–नोक्सानी पुर्‍याउँछ । यस्ता हिंसाजन्य क्रियाकलाप मानव अधिकारविरुद्धका कार्य हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने खालका हुन्छन् । समाजमा प्रचलित मूल्य, मान्यता, धारणा तथा व्यवहारहरू समाजकै संरचना र अभ्यासबाट निर्धारण भएका हुन्छन् । यिनै सामाजिक संरचनाका कारण महिला र पुरुषबीच असमानता तथा विभेद सिर्जना हुने गरेको पाइन्छ । फलस्वरूप पुरुषद्वारा महिला र महिलाद्वारा पुरुष प्रताडित हुने तथा एकले अर्कामाथि हिंसाजन्य व्यवहार गर्ने अवस्था उत्पन्न हुन्छ । यसैलाई लैंगिक हिंसा भनिन्छ । नेपाली समाजको व्यवहारिक अवस्थालाई हेर्दा महिलाद्वारा पुरुषमाथि हुने लैंगिक हिंसाको अवस्था तुलनात्मक रूपमा न्यून देखिन्छ भने त्यसको तुलनामा पुरुषद्वारा महिलामाथि हुने हिंसाका घटना अत्यधिक रहेको पाइन्छ । लैंगिक हिंसा कुनै एक पक्षमा मात्र सीमित नभई शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा अन्य विभिन्न स्वरूपमा देखापर्ने गर्दछ । लैंगिक तथा घरेलु हिंसाका प्रकारहरू लैंगिक तथा घरेलु हिंसा विभिन्न स्वरूपमा हुने गर्दछ । यसको प्रकृति र प्रभावका आधारमा निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
(क) शारिरीक यातना तथा हिंसा
     दाईजो नल्याएको, छोरा नपाएको वा यस्तै यस्तै कारणहरुको आधारमा महिलालाई पिट्नु अंगभंग एवं अपाङता पार्नु,जलाउनु,बलपूर्वक गर्भपतन गराउनु र शारिरीक यातता दिई मार्ने समेत गर्नु आदि । 
(ख) मानसिक एवं मनोवैज्ञानिक यातना तथा हिंसा
    डर,धाक,धम्की,त्रास पूर्ण व्यवहार,गाली गलौज,झुट्ठा आरोप,बेईज्यत,भेदभाव गरी यातना दिनु,होच्याएर असमान्य व्यवहार गर्नु आदि मानसिक एवं मनोवैज्ञानिक यातनाहरु हुन । आँखा तरेर हेर्नु वा मौखिक रुपमा अपशव्द बोल्नु, असुरक्षित महशुस गर्न बाध्य पार्नु साथै छोड पत्र गर्छु भन्नु,खाना दिन्न भनि घरबाट निकाल्छु आदि भन्नु मानसिक एवं. मनोवैज्ञानिक यातना तथा हिंसा गर्नु हो । 
(ग) यौनजन्य यातना तथा हिंसा
     इच्छा एवं चाहना विपरित शारिरीक सम्पर्क राख्नु,असुरक्षित यौन सम्पर्क राख्नु,बलजप्mती गर्भधारण गर्न बाध्य पार्नु,मसामान्य यौंन सम्पर्क गर्नु,बलात्कार,यौनजन्य दुव्र्यवहार,यौन यातना तथा शोषण,हाडनाता करणी,वैवाहिक बलात्कार,मानव बेचविखन तथा ओसार पसार गर्नु आदि यौंन जन्य यातना र हिंसा हुन ।
(घ) नियन्त्रणजन्य यातना तथा हिंसा
     हिंडडुल गर्न,मानिस भेट्न,कार्यालयमा काम गर्न,मनोरञ्जन गर्न,धर्म कर्म गर्न,खानपान गर्न साथै श्रोत एवं साधनहरुमा नियन्त्रण,आर्थिक श्रोत र साधनवाट बञ्चित,सम्पत्तिको दुरुपयोग,रोजगार वा आयआर्जन गर्ने कार्यबाट बञ्चित गर्ने आदि नियन्त्रणजन्य यातना तथा हिंसा हुन् । 
(ङ) प्रथा परम्पराजन्य हिंसा
 बोक्सीको आरोपमा यातना दिनु,परम्परा देखी चल्दै आएको चलनको नाममा देवकी,वादी,झुमा,छाउपडी,छुवाछुत आदि ।
(च) यौन जन्य दुव्र्यवहार वा हिंसा
     कुनै व्यक्तिले कसैलाई उसको ईच्छा विरुद्ध यौनजन्य मनसायले गर्ने व्यवहार यौनजन्य दुव्र्यवहार हो । यौनजन्य दुव्र्यवहार यौन मनसायले विपरित अथवा स्वलिङ्गी माथि गरिने अनिश्चित आचरण यौनजन्य दुव्र्यवहार हो । सामाजिक संरचनाका कारण यस प्रकारका दुव्र्यवहारबाट महिला तथा बालबालिकाहरु बढी पिडित हुन्छन् ।
यौनजन्य दुव्र्यवहारका प्रकारहरु
–शारीरिकः अनावश्यक रुपमा छुनु, थपथपाउनु, छाम्नु, चिमोट्नु, सुमसुमाउनु, चुम्वन गर्नु ।
–मौखिक : अश्लिल वा अपमानजनक टिप्पणीहरु,यौनजन्य चुट्किलाहरु,अप्रिय ठठ्टाहरु ईच्छा विपरितको यौनजन्य प्रस्तावहरु वा दवाव दिनु
–लिखितः अश्लिल वा कामूक तस्विर वा वस्तु वा लिखित सामाग्री प्रर्दशन गर्नु,यौन सम्वन्धी सामाग्रीहरु वितरण गर्नु ,अश्लिल वा कामूक चलचित्र देखाउनु । 
–ईसाराः घुरेर हेर्ने,सुसेली बजाउने,आखा जुधाउने,आखा झिम्क्याउनु,यौन जनित अश्लिल इसारा वा हाउभाउहरु गर्ने , जिव्रो पड्काउने आदि  । 
लैंगिक हिंसाले स्वास्थ्यमा पार्ने प्रभावहरु
(क) मृत्यूजन्य प्रभावहरु
     शारीरिक,मानसिक एवं सामाजिक पक्षमा लैंगिक हिंसाजन्य क्रियाकलापहरुले गर्दा आत्महत्या एवं मृत्यूसम्म भएको पाईन्छ । जस्तैः एड्सबाट हुने मृत्युहरु,मातृमृत्यू हुनु तथा युवतीहरु एवं महिलाहरुद्धारा हुने आत्महत्या वा हत्या,पुरुषद्धारा गरिने हत्याहरु मृत्यूजन्य असरहरु हुन । 
(ख) शारीरिक स्वास्थ्यमा पार्ने असरहरु
 चोटपटक लाग्नु,अंगभंग हुनु,अपाङ्ग हुनु,शारीरिक असक्तता हुने आदि लैंगिक हिंसाका शारीरिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव हुन् । 
(ग) मानसिक स्वास्थ्यमा पर्ने असरहरुः
     झोत्राएर बस्नु, बौलाउनु,खाना खान समस्या हुनु, डिप्रेसन, चिन्ता हुनु, आत्मवल घट्नु,तर्सिनु,कराउनु,निद्रा नलाग्नु,भ्रमित हुनु आदि मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक असरहरु हुन् । 
(ङ) नकारात्मक व्यवहार देखिनु र यसको असरहरु
     मादक पदार्थ एवं सूर्तिजन्य पदार्थको लत लाग्नु,झगडानु स्वभावको विकास हुनु,काममा लगनशिलता घट्नु आदि नकारात्मक व्यवहारहरु हुन जसले शारीरिक एवं मानसिक स्वास्थ्यमा पनि असर पार्दछ । 
(च) पारिवारिक स्वास्थ्यमा पार्ने असरहरु
     बच्चाहरुको स्वास्थ्य विग्रिनु,परिवारको स्वास्थ्य स्थिति विग्रनु,सामाजिक क्रियाकलापहरुमा नकारात्मक प्रभाव पर्नाले प्रत्यक्ष वा अप्रत्यक्ष सो को असर परिवार स्वास्थ्यमा पर्नु आदि लैंगिक हिंसा जन्य क्रियाकलापहरुले गर्दा हुने नकारात्मक प्रभावहरु हुन ।  समाजमा हिंसाका स्वरुप विभिन्न प्रकृतिका देखिन्छन् । हिंसा असमान सामाजिक सम्वन्ध असमान शक्ति सम्वन्ध, असमान आर्थिक सम्वन्ध तथा असमान सामाजिक मूल्य मान्यताको उपज हो । अहिले समाजमा हिंसाबाट बढी जोखिममा प्रभावित भएको समूह वर्ग महिला र बालवालिका हुन । हिंसालाई न्यूनिकरण गर्न राष्ट्रिय अन्तराष्ट्रिय धेरै प्रयासहरु हुँदै आएका छन् ।  शभ्य र समृद्ध समाजका लागि हिंसा निराकरण आजको आवश्यकता हो । लिंगको आधारमा गरिने हिंसाले कुनै पनि महिला र बालवालिकाको जीवनमा कुनै पनि प्रकारको पिर र दुःख ल्याउने खालका राज्य वा व्यक्तिद्धारा व्यक्तिगत,नितीगत व्यवहारहरुका साथै त्यस्ता व्यवहारहरु जसले सस्थागत रुपले भेदभावलाई वढावा दिनुको साथै समाजमा महिला वा वालिका भएकै कारणले गर्ने विभेदपूर्ण व्यवहारलाई वढावा वा मद्दत पु¥याउछ ।  लिंगको आधारमा गरिने हिंसा मानव अधिकार हनन्को निकृष्ट व्यवहार हो । यो सबै देश,सबै संस्कृति,वर्ग, समुदाय,आर्थिक स्थिति भएका समूहहरुमा छ । हाल आएर धेरै महिला र वालिकाहरु डर,त्रास हिंसा तथा विभेदपूर्ण स्थितिमा बाच्न बाध्य छन् । त्यसैले महिला माथि हुने हिंसालाई कल्याणकारी सोंचबाट हेरेर अधिकारमूखी सोंचबाट हेर्नुपर्दछ । 

१६ दिने अभियानको प्रचलन सन् १९६० को दशकमा ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यमा तत्कालिन निरंकुश तानाशाही त्रिजुलो सरकार विरोधी सभालाई मिरावल परिवारका तीन छोरीहरु पेट्रिया,मिर्जभा र सारियालाई सम्वोधन गर्न बाटोमा जादै गर्दा राज्यद्रोहको आरोप लगाउदै उक्त निरंकुश सरकारले पक्राउ गर्‍यो र त्यसको ११ महिना पछि १९६० नोभेम्वर २५ तारिखमा ति तीन दिदीबहिनीको सामूहिक हत्या गरियो । त्यस हत्या काण्डले त्यहाँको निरंकुशता विरोधी आन्दोलन मत्थर भएन वरु त्यहाँका जनताले शोकलाई शक्तिमा बदल्दै आन्दोलनलाई अझ सशक्त बनाएर तानाशाहीबाट देशमुक्त भई डोमेनिकन स्वतन्त्र गणराज्यको स्थापना भयो । यसै सन्दर्भमा संयूक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको मान्यता दिएपछि विश्व भरिनै यो दिवस मनाउन थालियो । 
 यस १६ दिने अभियानलाई सेतो रिवन अभियान पनि भनिन्छ । पुरुष वर्गबाट महिला एवं बालिकाहरु प्रति हुने हिंसाको विरुद्धमा पुरुष र युवाहरुद्धारा  आफ्नो व्यक्तिगत रुपमा वा सस्थागत रुपमा गरिने प्रतिवद्धताको अभियान हो । यसको शुरुवात महिला तथा बालिका विरुद्ध भैइरहेको हिंशाको बारेमा बोल्ने जिम्मेवारी पुरुष वर्गले लिनु पर्दछ भन्ने विचारबाट सन् १९९१ मा क्यानडाका केही पुरुषहरुबाट भएको थियो । 
सेतो रिवन अभियानका उद्देश्यहरु यस प्रकार छन्
१. महिला तथा बालिका विरुद्धको हिंसा कहिल्यै नगर्ने । 
२.महिला तथा बालिका विरुद्धको हिंसाको उपेक्षा कहिल्यै नगर्ने । 
३.महिला तथा बालिका विरुद्धको हिंसामा कहिल्यै चुप लागेर नवस्ने । नोभेम्वर २५ लाई संयुक्त राष्ट्र संघले सन् १९९९मा महिला हिंसा विरुद्धको दिवसलाई आधिकारीक मान्यता प्रदान गरेको छ । 

१६ दिने अभियान भित्र विभिन्न दिवसहरु परेका छन् ।
नोभेम्वर २५ महिला हिंसा विरुद्धको दिवस, नोभेम्वर २९ महिला मानव अधिकार रक्षा दिवस,डिसेम्वर १ विश्व एड्स दिवस,डिसेम्वर ३ विश्व अपाङ दिवस,डिसेम्वर ५ अन्तराष्ट्रिय स्वयंसेवक दिवस,डिसेम्वर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस 
सैद्धान्तिक आधार
हिंसा : देशहरुबिच भएको भए युद्ध भन्न सकिन्थ्यो ।
हिंसाः रोग भएको भए यसलाई संक्रामक रोग भन्न सकिन्थ्यो । 
हिंसाः ईन्धनको चुवाहत भएको भए यसलाई विपत्ति भन्न सकिन्थ्यो । 
हिंसाः तर यो सधै महिला तथा बालिकाहरु माथि भै रहेको छ । यौन दुव्र्यवहार,बलात्कार,कुटपिट,हत्या,आगो लगाउनु,दैनिक घर व्यवहारमा भेदभाव गर्नु,सस्कार र परम्पराको नाममा अधिकारवाट वञ्चित गर्नु ,गराउनु आदि महिला तथा बालिका विरुद्धका हिंसा हुन । यस शारिरिक हिंसामात्र हैनन् मानसिक हिंसा पनि त्यत्तिनै दुःखदायि हुन्छन तर सवै पुरुष हिंस्रक हुन्छन भन्न मिल्दैन । हाम्रो पुरुष प्रदान सामाजिक मूल्य र मान्यताको मानशिकताले गर्दा अधिकांश पुरुषहरुले महिला तथा बालिका माथि हिंसा गर्ने गरेको पाईन्छ । महिला तथा बालिका विरुद्धका हिंसा चाहे धनि, गरिव,शहरी,गाउँका,तथा शिक्षित वा अशिक्षित सबै वर्ग र जातजातिका पुरुषहरुबाट भैरहेका छन् । साथै समाजमा केही पुरुष र युवा वर्गले महिला तथा बालिका विरुद्ध भयावह र अविश्वासको वातावरण सिर्जजना गरिरहेका छन् । यसबाट हाम्रा समाजका अधिकांश दिदीवहिनी,आमा छोरी,श्रीमती र केटी साथीहरुले आफु असुरक्षित भएको महशुस गरिरहेका छन् । प्रायःजसो सबै महिलाहरु समाजमा विद्यमान पुरुष प्रदान कुसस्कारको घेराभित्र वस्न वाध्य छन् । यस किसिमका हिंसा महिलामा मात्र सिमित नभएर कमजोर पुरुषहरुमा समेत भै रहेको हुन्छ । सेतो रिवन अभियानले महिला तथा बालिका विरुद्ध हिंसाका महत्वपूर्ण पक्ष पूरुष हो भने यसको समाधानको हिस्सा पनि पुरुषनै हो भन्ने कुरामा विश्वास राख्दछ । यसैले यो समस्या समाधानका लागि पुरुषहरुनै महिला वर्गको पूर्ण सम्मानका लागि प्रतिवद्ध हुनु पर्दछ । महिला तथा बालिका हिंसा निराकरणका लागि सवै पक्ष,निकाय,तह र तप्काबाट संवेदनशिल भई सामूहिक प्रयास थाल्नु अहिलेको आवश्यकता हो । हामी आह्वान गर्न चाहन्छौ,हिंसालाई निराकरण गर्ने अभियानमा हामी सबै एक साथ जुटौं । हिंसा मुक्त समाज हामी सबैको चाहना ।
( लेखक आचार्यसँग लामो समय बालमैत्री कार्यक्रमको फोकल पर्सन भएर काम गरेको अनुभव छ । हाल उनी  जिल्ला समन्वय समिति पाल्पामा कार्यरत छन् ।)

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update