आज इन्दिरा एकादशी
मंगलबार, असोज २०, २०८३
परम्परागत सम्पदा संरक्षणमा नागरिक भूमिका
मंगलबार, असोज २०, २०८३
नेपाल सांस्कृतिक विविधताको धनी देश हो । यहाँ धेरै पहिलेदेखि मानिसहरूले आन्तरिक, परम्परागत, राजनीतिक, आर्थिक, सामाजिक, बौद्धिक, कलात्मक, भावनात्मक, धार्मिक आदि स्वरूपमा अभ्यास र अवलम्बन गर्दै आएका परम्परा र संस्कारको समष्टि रूप नै नेपाली संस्कृति हो ।
ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः बस्याल
सोमबार, असोज १९, २०८३
वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सामाजिक संस्था ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः धनिश्वर बस्याल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा पुनः बस्याललाई चयन गरेको हो ।
आज विश्व शिक्षक दिवस मनाइँदै
सोमबार, असोज १९, २०८३
आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको...
सिद्धाबाबामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, असोज १८, २०८३
जिल्लाको तिनाउ गाउँपालिका–३,सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते
आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते भएका छन । शनिबार अपरान्ह करिब ४ बजे देवदह–५ मितेरीगाउककका दीपक भन्ने युवराज खरेलले चलाएको गोली लागेर घटनामा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।
काँग्रेस : बदलिएको काँग्रेस र भविष्यको काँग्रेस
आइतबार, असोज १८, २०८३
नेपाली काँग्रेसको महाधिवेशन आजदेखि सुरु हुँदैछ । सामान्य अर्थमा यो एउटा राजनीतिक दलको नियमित संगठनात्मक प्रक्रिया हो । तर अहिलेको नेपाली राजनीतिक परिस्थितिमा कांग्रेसको यो महाधिवेशन त्यतिमा मात्र सीमित छैन् ।
आजदेखि काँग्रेसको १५ औं महाधिवेशन, ७ हजार ५ सय बढी प्रतिनिधि काठमाडौंमा
आइतबार, असोज १८, २०८३
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसका प्रवक्ता तथा १५ औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
आज विश्व पशु दिवस मनाइँदै
आइतबार, असोज १८, २०८३
पशुपक्षीप्रति माया, संरक्षण र सम्मानको भावना विकास गर्ने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व पशु दिवस मनाइँदैछ ।
पाल्पामा ‘सम्पदा साहित्य’
आइतबार, असोज १८, २०८३
पाल्पामा सबै भन्दा बढी सम्पदा रहेको क्षेत्र तानसेन नगरपालिका हो । यहाँ रहेका सम्पदा प्राचिनकाल देखी आधुनिक काल सम्मको इतिहास र संस्कृतिलाई प्रतिनिधित्व गर्दछन् । साथै तानसेनलाई जीवन्त सांस्कृतिक सम्पदाको शहर पनि भनिन्छ ।
दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, असोज १७, २०८३
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटना ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
शनिबार, असोज १७, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुर, अछाम, सप्तरी, कास्की, सिराहा लगायतका स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।
तिनाउमा हाम फालेर युवक बेपत्ता
शनिबार, असोज १७, २०८३
रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् ।

