Shittalpati
पहिरोले  रिब्दीकोटमा दुई घर भत्किए, एक महिला बेपत्ता
पहिरोले  रिब्दीकोटमा दुई घर भत्किए, एक महिला बेपत्ता जिल्लाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।  निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गा–माटो बगेर आउँदा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका कच्ची घर पहिरोले क्षतिग्रस्त बनाएको हो । 
गणेश सहकारीको अध्यक्षमा पुनः गाहा
गणेश सहकारीको अध्यक्षमा पुनः गाहा गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको शुक्रबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा– बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक भिमलाल भट्टराईले बताए ।
आज विश्व फार्मासिस्ट दिवस
आज विश्व फार्मासिस्ट दिवस विश्वभर आज विश्व फार्मासिस्ट दिवस मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर २५ मा औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोगमा फार्मासिस्टको भूमिकाबारे जनचेतना फैलाउँदै यो दिवस मनाउने गरिन्छ ।
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
दोभान–सिद्धबाबा खण्डमा राति सवारी आवागमन बन्द हुने
दोभान–सिद्धबाबा खण्डमा राति सवारी आवागमन बन्द हुने लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि पाल्पा जिल्ला प्रशासन कार्यालयले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पामा वर्षाको असर : राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित
पाल्पामा वर्षाको असर : राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित बुधबार रातिदेखि परेको लगातारको वर्षाले पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रदेखि आर्यभञ्ज्याङ–रामपुर सडकखण्डसम्म पहिरो खसेपछि सडक सञ्चालनमा चुनौती थपिएको हो ।
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा
लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ ।
बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार
बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बगनासकाली गाउँपालिका–५,  दर्लमडाँडाका किशोर न्यौपाने क्षेत्रीको बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह नेपालमा ९ देखि ११ असोज सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह हुन्  ।
Weather Update