Shittalpati
जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।
मापसे गरी सवारी चलाउने पाँच चालक कारवाहीमा
मापसे गरी सवारी चलाउने पाँच चालक कारवाहीमा जिल्ला प्रहरी कार्यालय पाल्पाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रधानाध्यापकका आफन्त परेपछि शिक्षक छनोट परीक्षा रद्द
प्रधानाध्यापकका आफन्त परेपछि शिक्षक छनोट परीक्षा रद्द जिल्लाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित दुर्गा भवानी माध्यमिक विद्यालय देउरालीमा प्राथमिक तहका लागि सञ्चालन गरिएको अस्थायी करार शिक्षक छनोट परीक्षा रद्द गरिएको छ ।
विश्वकर्मा पूजा आज, कलकारखाना तथा औजारको पूजाआजा गरिँदै
विश्वकर्मा पूजा आज, कलकारखाना तथा औजारको पूजाआजा गरिँदै निर्माण, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र मेसिनरीका देवता मानिने भगवान् विश्वकर्माको पूजा आज नेपालभर श्रद्धापूर्वक मनाइँदैछ । विश्वकर्मा पूजाका अवसरमा कलकारखाना, वर्कसप, निर्माणस्थल, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको विशेष पूजा तथा सरसफाइ गर्ने चलन छ ।
एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न पाइने भएको छ ।
आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै
आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । विज्ञान तथा प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, वैज्ञानिक सोचको विकास गर्ने तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदै
विश्व बिरामी सुरक्षा दिवस नेपालमा पनि मनाइँदै आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको साथ यो दिवस मनाउने तयारी छ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।
आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै
आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै आज विश्व ओजोन तह बचाउ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आइएको छ । ओजोन तहको संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।  
कुर्सी अस्थायी हो, चरित्र स्थायी
कुर्सी अस्थायी हो, चरित्र स्थायी राजनीतिमा पद आउँछन्, जान्छन् । कुर्सी बदलिन्छ, सत्ता बदलिन्छ, अनुहार बदलिन्छन् । तर मानिसको वास्तविक परिचय उसको कुर्सीले होइन, कुर्सीबाट ओर्लिएपछि उसले जोगाउन सकेको चरित्रले दिन्छ ।
सिद्धबाबामा कारमाथि खस्यो ढुंगा, दुई जना घाइते
सिद्धबाबामा कारमाथि खस्यो ढुंगा, दुई जना घाइते पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको कारमाथि अचानक ढुंगा खस्दा दुई जना घाइते भएका छन् । घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । बुधबार साँझ तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै बा २० च ३९९९ नम्बरको कारमाथि सडक माथिबाट ढुंगा खसेर लागेको हो ।
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाएका हुन् ।
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ३ सय ९७ पुग्यो
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ३ सय ९७ पुग्यो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३ सय ९७ पुगेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दिउँसो २ बजेसम्म विभिन्न प्रभावित जिल्लाबाट थप ५ जनाको शव फेला परेसँगै बाढी तथा त्यसबाट सिर्जित विपद्मा फेला परेका शवको संख्या एक हजार ३ सय ९७ पुगेको...
Weather Update