बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
शुक्रबार, मंसिर १९, २०८२
पाल्पाबाट अवैध युरिया मल बरामद
बिहीबार, मंसिर १८, २०८२
पाल्पामा ६० क्विन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।
सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा
बुधबार, मंसिर १७, २०८२
पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो ।
पाल्पामा पनि मनाइयो ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस
आइतबार, मंसिर १४, २०८२
पाल्पामा पनि ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले अन्तक्र्रिया र पाल्पा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो ।
चुनावका लागि ६४ दल दर्ता
मंगलबार, मंसिर ९, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।
रामपुरमा धुमधामका साथ रामसीता विवाह उत्सव मनाउँदै
सोमबार, मंसिर ८, २०८२
राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई यहाँँको रामपुर नगरपालिका –३ सीताकुण्डमा फेरि एक पटक जीवन्त पार्न लागिएको छ । आदर्श जोडीको वैवाहिक सम्बन्धले साँस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महत्वलाई पनि उजागर गर्ने गर्दछ । जसको साक्षी यहाँका हजारौं श्रद्धालु भक्तजन बन्ने छन् ।
पाल्पा साहित्य समाजले मनायो ३१ औं वार्षिक दिवस
शनिबार, मंसिर ६, २०८२
पाल्पा साहित्य समाजले ३१ औं वार्षिक दिवस मनाएको छ । समाजले समाजले शनिबार वार्षिक दिवससँगै पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म जयन्ती तथा शास्त्रकवि माधवप्रसाद देवकोटा १२२ओैं जन्म जयन्ती समेत विभिन्न कार्यक्रम गरी मनाएको हो ।
पाल्पाको छहरामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु
बुधबार, मंसिर ३, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना भएको छ । आज साझाँ भुवनपोखरीको दमारखोलाबाट धान लोड गरेर गाउँतर्फ जाने क्रममा रोकी राखेको लु ३ त ३३२ नम्वरको ट्याक्टर गुड्न गई दुर्घटना भएको हो ।
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
बुधबार, मंसिर ३, २०८२
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, मंसिर २, २०८२
सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
सोमबार, मंसिर १, २०८२
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय हटाएका छन् । उनले सचिवालयमा रहेका उपसचिव स्तरको स्वकीय सचिव, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी ५ जनालाई मंसिर १ गतेदेखि लागु हुने गरी हटाएका हुन् ।


