Shittalpati
दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु

नवलपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटना ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको हो ।

मृत्युहुनेहरुमा बाँकेका बस चालक ३६ वर्षीय सुरेश बि.सी., जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुरका ३२ वर्षीय दीपेन्द्र के.सी., ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी र नेपालगञ्जका २२ वर्षीय कृष कनौजिया रहेका छन् । उनीहरुसबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।  भएको थियो ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोड नजिकै पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भएर  दुर्घटनामा परेको हो । उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये बाँकेका अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update