पाल्पा, आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाइँदै छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ ।
जुनसुकै एकादशीको व्रतले पनि मानिसको जगतको बन्धनबाट मुक्ति मिल्ने विश्वास छ । तर, एकमात्र यो यस्तो एकादशी हो जसमा व्रत बस्नाले दिवंगत पितृहरुले मोक्ष पाउँछन् भन्ने विश्वास छ । साथै पूरा हुन नसकेको भए पितृ ऋणबाट समेत मुक्ति पाउन सकिने धार्मिक विश्वास छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ ।
इन्दिरा एकादशी व्रत विधि
यस व्रतमा आफ्नो खानपानमा विशेष ध्यान दिने गरिन्छ । अहिले पितृपक्ष चलिरहेको कारण यस दिन सकेसम्म लसुन प्याज, लसुन, आदिलाई भोजनमा सामेल गरिँदैन । दशमीको दिन स्नान गरेर एक समयमात्रै भोजन ग्रहण गरेर यस दिन भूमिमा नै विश्राम गर्ने गरिन्छ । एकादशीको दिन प्रातःकाल सूर्योदय भन्दा पहिले उठेर स्नान आदि गरी व्रतको संकल्प गर्ने गरिन्छ । त्यसपछि कुनैपनि योग्य ब्राह्मणद्वारा श्राद्ध क्रिया गर्ने गरिन्छ । त्यसपछि सूर्यलाई अर्घ दिएर भगवान् विष्णुको विधिवत् रुपमा पूजा गर्ने गरिन्छ । ब्राÞमणलाई सात्विक भोजन गराउनुपर्दछ । प्रत्येक एकादशीमा दान पुण्य गर्नु एकदमै शुभ मान्ने गरिन्छ । यसको लागि गरिबहरुलाई दान दिनु उपयुक्त मान्ने गरिन्छ । प्रातः कालको पूजापछि दिनभर व्रत बसी भगवानको ध्यान गर्ने गरिन्छ । साथै कुनैपनि कारणबाट क्रोध, लोभ, मोह इत्यादि गर्नुहुँदैन । त्यसपछि साध्य पूजन गरेर फलाहार ग्रहण गर्नुपर्दछ ।


