भ्रष्ट्राचार सुशाशन र देश विकासको बाधक हो भन्ने लामो समयको भनाईलाई पछि पार्दै आज भोली सुनिन थालेको छ देश विकासको बाधक भ्रष्ट्राचार भन्दा देशका विभिन्न सरकारी ,राजनीतिक क्षेत्रमा भित्र भित्र फैलिदै ,खोक्रो बनाउदै लगेको बिचौलीयाको रजगज पो रहेछ । देश दशकौ अगाडि देखि विभिन्न किसिमका देशी विदेशी बिचौलियाको प्रभावमा परेका परिघटनाहरु पछिल्लो समय छताछुल्ल हुदै समाचारमा आउन थालेको देखिन्छ । देश विकास ,समृद्धि ,जनताको जीवनस्तर सुधारका पक्षमा काम गर्न सरकारलाई के ले रोक्यो ? देश हाम्रो सरकारले सञ्चालन गर्ने होईन अन्य अदृश्य शक्तिले सञ्चालन गर्दछ ? बर्षौ देखिका यी अनुत्तरीत प्रश्नको उत्तर पनि यहि बिचौलिया वा मध्यस्थकर्तामानै गएर ढोकिने देखिन्छ । एक पछि अर्को यस सम्वन्धि समाचार र घटनाक्रमले यस पक्षलाई बास्तविकता तर्फ लान खोजेको देखिन्छ । हुन् पनि व्यापारीक क्षेत्रमा देखिने बिचौलीयाको प्रभाव आज भोली सरकारका प्रधानमन्त्री ,मन्त्री ,संवैधानीक अंग सम्म यसको पहुँच पुगेको देखिन्छ । जसले विधिको शाशन, कानुनी राज्य तथा सुशाशन स्थापीत गर्ने सवालमा प्रश्नहरु श्रृजना गरेको देखिन्छ । यहाँ बिचौलीया र यसले नेपालका विभिन्न क्षेत्रमा पारेको प्रभाव तथा यसैसँग सम्वन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
अंग्रेजी शब्द ब्नभलत को नेपाली रुपान्तरण हो बिचौलिया यसलाई मध्यस्थकर्ता ,दलाल जस्ता शब्द पनि प्रयोग गरेको देखिन्छ । मझौला व्यापारीको रुपमा लिईने यस पक्षले उत्पादक र उपभोक्ता बिच , न्यायधीश र झगडालु बिचका , जग्गा मालिक र जग्गा खरीदकर्ता बिचका , क्रेता र बिक्रेता बिच रहेर व्यापारीक कार्यमा कुरा मिलाईदिए बापत वा ब्यापारलाई सहज गराईदिए बापत सानो कमिशन खाने गर्दथे । यीनीहरु उत्पादनको बजारीकरणका सहज पक्षका रुपमा रहेका थिए । किसानको उत्पादन घरबाट शहर सम्म पु¥याउने कुरामा उल्लेख्य भूमिका पनि रहेको देखिन्छ । सामान्यतया व्यापारीक बिचौलिया र एजेन्ट बिचौलियाका रुपमा रहेका विचौलियाहरु अहिले राजनीतिक ,आर्थिक ,सामाजिक ,प्रशासनीक ,वैदेशिक रोजगारी ,सहकारी ,ठेक्का पट्टा, सरकारी सेवा लगायतका अधिकाश क्षेत्रमा फैलिएको देखिन्छ । यसकारण यीनीहरुको प्रकार र भूमिका पनि थपिदै गएको देखिन्छ ।
समय परिवर्तनशिल छ । नदीमा धेरै पानी बगी सकेको छ । मध्यस्थकर्ताको रुपमा रहेका यी पक्ष आजभोली दलालको रुपमा रुपान्तरण हुदै गएको देखिन्छ । उत्पादक र उपभोक्ता बिचमा रहेर ठूलो कमिशन खाने पक्षको रुपमा आफूहरुलाई उपस्थित गराउदै लगेको देखिन्छ । यसले आजभोली ब्यापारीक क्षेत्रमा मात्रै प्रभाव नपारेर नेपालको राजनीति , राजनीतिक नेतृत्व ,सरकार , अदालत लगाएत अधिकाश क्षेत्रमा प्रभाव पारेको देखिन्छ । जसको कारण सरकारले राम्रो काम गरि जनता बिच सकरात्मक संन्देश दिन सकेको देखिदैन् । संवैधानिक अंगहरु सुस्तगतिमा देखिन्छन् । अदालतले प्रभावकारी न्याय सम्पादन गर्न सकेको देखिदैन् । स सानो कमिशनका लागि काम गर्ने यी बिचौलियाहरु करोडौ र अरबौ रकमको लेनदेन सम्म पहँुच पु¥याएको देखिन्छ । यीनैको कारण सरकारले ,अदालतले ठूला ठूला राजश्व छुटका निर्णयहरु गरेका घटनाहरु विगतमा प्रसस्त देखिन्छन् । यिनैको प्रभावको कारण अदालतले प्रभावकारी फैसला दिन सकेको देखिदैन् । अदालतले गर्ने आश्र्यजन फैसलाको एक कारण विचौलियाको प्रभाव रहेछ । संवैधानीक अंगहरु सुस्त अबस्थामा देखिन्छन् । यसले स्थायी सरकार मानिने कर्मचारीतन्त्र , सुरक्षा अंग लगाएत सवैमा प्रभाव पारेको देखिन्छ । आजभोली एक पछि अर्को विकास हुदै गएको घटना क्रमले यहि पक्षलाई प्रमाणित गर्न खोजेको देखिन्छ । यसका अलावा यीनीहरु सरकार परिवर्तन , सरकारका मन्त्री परिवर्तन सम्म पनि पहुँच पु¥याउदछन् भन्दा अच्च नमान्दा हुने देखिन्छ । बिशेष गरेर आर्थिक प्रलोभन,राजनीतिक संरक्षण ,मिलेमतो तथा राज्यका उच्च पदस्थ व्यक्तीबाट हुने अधिकारको दुरुपयोगका कारण नेपालमा यसको प्रभाव बढ्दै गएको देखिन्छ ।
पछिल्लो समय बिचौलियाका रुपमा झापाका ३० बर्षे इनम सापकोटा र उनले देशका वर्तमान र भूतपूर्व हाईप्रोफाईल प्रशासनीक ,न्यायीक , राजनीतिक नेतृत्व संगको आर्थिक लेनदेन र त्यसबाट नेपालको प्रशासनीक निर्णय ,न्यायीक निर्णयमा पारेको प्रभावका समाचारहरु छताछुल रुपमा आईरहेकाछन् । समाचारहरु आधिकारीक र साँचो हो होइन प्रमाणित भने भैसकेको छैन् तर यस प्रकरणले बहालवाला प्रधानन्याधीश मनोजकुमार शर्मा तथा सर्वाेच्च अदालतका केहि न्यायधीश , पूर्व प्रधानन्यधीश चोलेन्द्र शर्मा , काग्रेस सभापती गगन कुमार थापा , प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन ,शेरबहादुर देउवा ,बालकृष्ण खाड ,दीपक खड्का ,उमेश श्रेष्ठ समेत प्रभावमा परेको घटनाहरु समाचारमा आएका छन् । त्यस्तै गरी सुरक्षा निकायका वंशीराज दाहाल ,विश्वराज पोखरेल जस्ता व्यक्तिहरु पनि यसमा जोडिएका घटनाहरु वाहिर आएका छन् । यी केहि उदाहरण मात्र हुन् अन्य पात्र र घटनाहरु थपिदै जाने कुरामा दुईमत रहदैन् ।
विचौलीयाका कारण उत्पन्न हुने केहि प्रभाव :
–किसान र उत्पदकले कम मूल्य प्राप्त गर्ने ।
–बस्तु तथा सेवाको समय समयमा कृत्तीम अभाव ,कालोवजारी सिर्जना गराउने ।
–भ्रष्ट्राचार र बेथिती बढाउदै लैजाने ।
–बजारमा अस्वस्थ प्रतिस्पर्धा श्रृजना गर्ने ।
–सर्वसाधरण जनताको दैनीकी असहज बनाउदै लैजाने ।
–न्याय सम्पादनमा आर्थिक र कमिशन प्रभाव पर्ने ।
–आर्थिक वृद्धि र विकासको बाधक ।
–विधिको शाशन अन्त्य हुदै जाने ।
–निष्ठाको राजनीतिको अन्त्य हुदै जाने ।
विचौलियाको अन्त्य कसरी गर्ने त ?
–नैतिक शिक्षा ,संस्कारयुक्त शिक्षाको विस्तार ।
–प्रशासनीक कार्यलाई पूर्ण डिजीटल बनाउदै लैजाने ।
–सचेतना अभिवृद्धि गर्ने ।
–सरकारले उत्पादन बजारीकरणको ग्यारेन्टि गर्ने ।
–सरकारी अनुगमन निकायलाई चुस्त दुरुस्त बनाउने ।
–उत्पादनको उचीत मूल्य सरकारले निर्धारण गरिदिने ।
–सरकारी कार्यालयहरुमा विचौलिया प्रवेशमा पूर्ण प्रधिबन्ध लगाउने ।
–न्यायीक सम्पादन र न्यायधीश नियुक्तीमा परिमार्जन गर्नु पर्ने देखिन्छ ।
निष्कर्ष :
सामान्य खेती किसानीमा संलग्न कृषकको कृषि उत्पादन् खरीद बिक्री देखि लिएर प्रधामन्त्रीको कार्यकक्ष सम्मै फैलिएको विचौलिया प्रभावले व्यक्ती ,समाज र देशलाईनै आक्रन्त र दलदलमा फसाउदै लगेको देखिन्छ । पछिल्लो समय नेपालका लागि भ्रष्टूाचारको मूख्य कारण पनि यो बन्दै गएको देखिन्छ । विचौलियाको अन्त्यका लागि विचौलियालाईनै मूख्य दोषी मानेर हैन् सरकारी हरेक निकायलाई चुस्त दुरुस्त र नागरीक , कर्मचारी ,राजनीतिक नेतृत्वलाई नैतिकवान बनाउन सकेमा मात्र यो सम्भव देखिने गर्दछ । कुनै स्वार्थ पूर्तिका लागि गरिने विचौलिया सम्वन्धि अनुसन्धानले यसको अन्त्य गर्दैन मात्रै उत्पन्न गराउदछ प्रतिशोधका श्रृखला । साच्चै विचौलियाको अन्त्य सरकार र मूख्य राजनीतिक नेतृत्वको इच्छा शक्तीबाट मात्रै सम्भव हुने देखिन्छ । यसका लागि जिम्मेवार नागरीकको खाँचो अनिर्वाय शर्त बन्दछ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

