Shittalpati
उद्योग मन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । बैंठकमा यादवले भनेकी थिइन् “अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।” उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने समेत बताएकी थिइन् । “देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ”, उनले भनेकी थिइन् । यादवको  धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update