Shittalpati
काँग्रेस सभापतिमा गगन थापा विजयी

पाल्पा, नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।

शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको थियो । मतगणना सम्पन्न भएपछि महाधिवेशनको मिडिया सेन्टरका संयोजक जीवन भण्डारीले थापा सभापतिमा निर्वाचित भएको जानकारी दिएका हुन् । अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका छन् । निर्वाचनमा ५४ मत बदर भएको थियो । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।  अन्यपदाधिकारी तथा सदस्यको मतगणना भइरहेको छ ।

यसअघि पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update