आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं
बुटवल, लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले आज शपथ लिन लागेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका नेकपाबाट दाङका इन्द्रजित थारू आर्थिक मामिला तथा योजना मन्त्री, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ स्वास्थ्य र बर्दियाकी कृष्णाकुमारी थारू कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीले शपथ लिन लागेका हुन् ।
मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आज दिउँसो ३ः२५ बजे शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले बताए । मन्त्री बन्न लागेका तीनै जना पूर्वमाओवादी पृष्ठभूमिका हुन् । थारू र पुन यसअघि पनि मन्त्री भइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्


