Shittalpati
पाल्पा काँग्रेसले गर्यो नगर सचिवलाई कारवाहीका लागि सिफारिस
पाल्पा काँग्रेसले गर्यो नगर सचिवलाई कारवाहीका लागि सिफारिस  नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाका नगर सचिव शैलेन्द्र भट्टराईलाई कारवाहीको सिफारिस गरेको छ । पार्टीको जिल्ला अनुशासन समितिले भट्टराईले पार्टीको आचरण, अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै कारवाहीको  लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो । 
पाल्पा उवासंघ अध्यक्षका उम्मेदवार भट्टराईको अभिव्यक्तिप्रति पूर्व अध्यक्षहरुको ध्यानाकर्षण  
पाल्पा उवासंघ अध्यक्षका उम्मेदवार भट्टराईको अभिव्यक्तिप्रति पूर्व अध्यक्षहरुको ध्यानाकर्षण   पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईको अभिव्यक्ति प्रति संघका पूर्व अध्यक्षहरुको गम्भीर ध्यनाकर्षण भएको छ । भट्टराईले एवान टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु र पूर्व कार्य समितिलाई भ्रष्टाचारीको संज्ञा दिई कुशासनको आरोप लगाएको भन्दै पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै...
प्रधानमन्त्री बालेनले गरे मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
प्रधानमन्त्री बालेनले गरे मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
        रास्वपाले सुवर्ण अवसर नगुमाओस्
        रास्वपाले सुवर्ण अवसर नगुमाओस् भन्ने गरिन्थ्यो यो मिश्रित निर्वाचन प्रणाली रहँदासम्म नेपालमा दुई तिहाईका त कुरै छोडौ कुनै पनि राजनीतिक दलको बहुमत पनि आउँदैन् ।
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले  एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी  विघटन गरेको हो ।  बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि...
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
पाल्पामा आठ हजार भन्दा बढी मत बदर प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको  हो ।
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो पाल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाको घण्टी चिन्हमा ५० हजार ४ सय ५२ मत खसेको छ । सोमबार बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले उक्त मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ...
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
पराजित भए पनि शुभेच्छुक र मतदातालाई धन्यवाद दिँदै काँग्रेस नेता हिमाल
पराजित भए पनि शुभेच्छुक र मतदातालाई धन्यवाद दिँदै काँग्रेस नेता हिमाल नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निर्वाचनमा पराजित भए पनि शुभेच्छुक र मतदातालाई भने धन्यवाद दिएका छन् ।
Weather Update