गुल्मी, नेपाली कांग्रेस गुल्मीले जरा अभियानलाई तिव्रता दिएको छ । केन्द्रीय अभियान अनुरुप काङ्ग्रेसले जिल्लामा अभियानलाई तिव्रता दिएको हो ।
अभियान अन्तर्गत काङ्ग्रेसले क्षेत्र १ को आयोजनामा बुधबार रुरुक्षेत्रको रिडीमा अभिमुखि कारण कार्यक्रम गरेको छ । कार्यक्रमलाई केन्द्रीय सदस्य तथा अभियानका लागि केन्द्रीय प्रतिनिधि राधेश्याम पाठकले सम्बोधन गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको एक महिने जरा अभियानले पार्टीलाई बलियो बनाउँदै लैजाने योजना सफल बनाउन पार्टीका सबै तहहरु सक्रिय भएर लाग्नुपर्ने बताए । नेता पाठकले भने जरा अभियानबाट पार्टीमा नविनतम् धारणाको विकास र ईतिहासको सम्मान गरेर अगाडि बढ्ने अवसरलाई पार्टीका सबैतहले अनुसरण गर्नुपर्ने अवस्था रहेको छ । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले अभियानलाई सफल पार्न सबै तहबाट एकजुट भएर लाग्नुपर्ने बताए । उनले क्रियाशील सदस्यता अध्यावधिक गरेर गुल्मी संगठन निर्माणमा अव्वल हुनुपर्ने धारणा व्यक्त गरे । नेपाली कांग्रेस गुल्मी क्षेत्र १ का सभापति पारिश्वर ढकालको सभापतित्व र क्षेत्रीय सचिव मार्कण्ड भण्डारीको सन्चालनमा भएको अभिमुखिकरण कार्यक्रममा पार्टीका उपसभापति अनन्तराम पौडेल, सचिवहरु भगत सिंह खड्का र जगदीश भट्टराईले सहजिकरण गरेका थिए । क्षेत्र १ गुल्मीका पदाधिकारी, पालिका पदाधिकारी, र सभापतिहरु, वडासभापतिहरुको व्यापक सहभागिता थियो ।


