पाल्पा, गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको शुक्रबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
गाहाले कूशलतापूर्ण अध्यक्षको जिम्मेवारी निर्वाह गरी सहकारीलाई आर्थिक रुपमा मजबूद बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको हो । भूपु सैनिक समेत रहेका गाहाले सहकारीको विकास र विस्तारमा उल्लेखीय भूमिका निर्वाह गरिसकेका छन् । उनले सहकारीको शेयर पुँजी वृद्धि गर्नेदेखि शेयर सदस्य वृद्धि गर्नमा ठूलो भूमिका खेलिसकेका छन् । इमान्दार र कर्तव्य निष्ठा गाहाले पुनः अध्यक्षमा चयन भएसँगै सहकारीलाई थप मजबूद र बलियो बनाएर लैजाने बताएका छन् । उनले शेयर सदस्यहरुको स–सानो लगानीलाई बढी भन्दा बढी बचत गरी उनीहरुलाई आर्यआर्जनसँग जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अधिवेशनले गाहाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा शेयर बहादुर कुंवर, सचिवमा कान्ति माया आले, कोषाध्यक्षमा टंक बहादुर रेस्मीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा
सावीत्री राना, पदम बहादुर सोमै,हुमा थापा रहेका छन् । यस्तै अधिवेशनले लेखा समिति संयोजकमा हेमान सिं सारु र सदस्यहरुमा दिपक कुमार थापा, पूर्ण बहादुर गाहालाई चयन गरिएको चन्द्र गाहाले जानकारी दिए ।


