Shittalpati
देउवा पक्षले झुक्यायो आफ्नै नेताहरुलाई

पाल्पा,  नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरुलाई झुक्याएको छ ।  समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरु मध्ये धेरैले आफुहरुलाइ झुक्याएर नाम राखिएको भन्दै आफ्नो नाम फिर्ता लिएका छन् । 
आफुहरुलाइ जानकारी नै नदिइ समानान्तर अधिवेशनका लागि आफुहरुलाइ खटाइएको उनीहरुको भनाइ छ । आफुहरु समानान्तर अधिवेशनको पक्षमा नरहेकाले देउवा पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने उनीहरुले स्पष्ट पारेका छन् ।  देउवा पक्षद्धारा तेह्रथुम खटाइएकी पुर्व मन्त्री तथा नेपाली काँग्रेसकी पुर्व केन्द्रीय सदस्य सिता गुरुङ पुर्व केन्द्रीय सदस्य गोविन्द भट्टराइ पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्याल लगायतले आफुहरु समानान्तर अधिवेशनमा नलाग्ने जनाएका हुन् ।  पुर्वमन्त्री गुरुङले आफु संधै रुख र चारतारे झण्डा भएको काँग्रेसमा रहेकाले आधिकारिक कांग्रेस विरुद्धका कुनै गतिविधि नगर्ने बताएकी छिन् । नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारीबिनै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा आफ्नो नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेता बस्यालले पनि आफ्नो नाम इतर समूहको केन्द्रीय प्रतिनिधिको सूचीमा समावेश भएको विषयमा आफू स्वयं आश्चर्यमा परेको बताए । “इतर पक्षबाट अधिवेशनहरू सम्पन्न गर्न खटाइएका केन्द्रीय प्रतिनिधिको सूचीमा मेरो नाम राखिएको रहेछ । त्यसप्रति भ्रममा नपर्न पार्टीका साथीहरूलाई आग्रह गर्दछु,” बस्यालले भने । 

देउवा पक्षको सबैभन्दा ठुलो खम्वा मानिदै आउनु भएका पुर्व कार्यवहाक सभापति पुर्णवहादुर खड्का तथा अर्का प्रभावशाली नेता रामहरि खतिवडा लगायत दर्जनो नेताहरुले यसअघि नै सँस्थापन पक्षको महाधिवेशनमा सहभागी हुने निर्णय गरिसकेका छन् । इतर पक्षले समानान्तर अधिवेशन गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका देउवा पक्षकै अन्य नेताहरुले पनि देउवा पक्षको अधिवेशनमा सहभागी नभइ सँस्थापन पक्षले गर्न लागेको अधिवेशनमा सहभागी हुने घोषणा गरेका छन् ।  संस्थापन पक्षले आगामी असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्न लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update