Shittalpati
अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकालाई हराउँदै विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले अमेरिका माथि १० विकेटको फराकिलो जित निकालेको छ । अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो ।

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए । दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो । यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो र अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपालले भारतसँग ८५ रनले पराजि भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update