Shittalpati
केही सुसेली

        इन्दिरा ज्ञवाली
अध्यक्ष, शीतकाव्य समाज पाल्पा

चढयौ डोलीमा
क्या राम्री देखें मैले
रातो चोलीमा । १

फुर्के डोरीमा
क्या माया बसेको छ
सुर्के झोलीमा । २

बुट्टे साडीमा
फेवाताल घुमौँला
नयाँ गाडीमा । ३

चल्यो बतास
तिमीलाई नदेख्दा
भएँ हतास । ४
 
भिर्ने झोलीमा
निकै माया बस्यो है
काली मोरीमा । ५

रवि उदाए
जे जस्तो भएपनि
चित्त बुझाए । ६

ठुस्केर बस्यौ
पस्यौ भित्र कोठामा
भाउ नै कस्यौ । ७

राम्दी घाटैमा
किन जान्छ्यौ सान्नानी ?
माडी फाँटैमा । ८
दिल खोलेको
नपाउँदा भेट्न लै
मन पोलेको । ९

मन साँचेको
भेट हुन पाउँदा
तन नाचेको । १०

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update