Shittalpati
पाल्पा प्यारागनमा सांस्कृतिक तथा खाना महोत्सव

पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूलले सांस्कृतिक तथा खाना महोत्सव  आयोजना गरेको छ । स्कूलल अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई नेपाली कला–संस्कृति, उद्यमशीलता र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले  महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा कक्षा ४ भन्दा माथिका विद्यार्थीहरूले विभिन्न समूह बनाएर पाँचवटा खानाका स्टल राखेका थिए । जहाँ १० भन्दा बढी परिकार प्रदर्शन तथा बिक्री गरिएको थियो । विद्यार्थी आफैंले रकम संकलन गरी आवश्यक कच्चा पदार्थ खरिद गरेर विभिन्न परिकार तयार पारेका थिए । उनीहरु आफैले मूल्य निर्धारण गरी स्टलमार्फत खानाका परिकारहरु बिक्री गरे । विद्यार्थीहरुले राखेका स्टलहरुको अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले उत्साहजनक रुपमा अवलोकन गर्नुको साथै खानाका परिकारहरुको स्वाद लिएका थिए ।

महोत्सवबाट विद्यार्थीहरूले लगानी, उत्पादन, मूल्य निर्धारण र बजार व्यवस्थापन जस्ता उद्यमशील सीपहरूको व्यवहारिक अनुभव प्राप्त गरेको प्रिन्सिपल गंगाबहादुर खत्रीले विश्वास व्यक्त गरे । उनले भने “यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ । ” विद्यार्थीहरुलाई हरेक हप्ता व्यवहारिक  ज्ञान प्रदान गर्दै आएको प्रिन्सिपल खत्रीको भनाई छ । उनले भने “हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा समस्या भएको छ ,यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ । ” “पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच छ । अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै छैन । यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक छ ”खत्रीले भने । विद्यार्थी गुणीयचक्र एउटा प्रक्रिया भएको र उनीहरुमा अन्तर्निहित रहेका प्रतिभाको प्रस्फुटन गर्न यस्ता कार्यक्रमले उपयोगी भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

                             

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update