Shittalpati
स्थानीय तहका असल अभ्यास अनुकरण गरौं : मुख्यमन्त्री आचार्य

पाल्पा,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र असल अभ्यासलाई अन्य पालिकाले पनि अनुसरण गर्न सके सेवा प्रवाह र सुशासन प्रभावकारी बन्ने बताएका छन् ।

 तानसेन नगरपालिकाको आयोजना तथा एशिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदान–प्रदान कार्यक्रममा बोल्दै उनले स्थानीय तहबीच अनुभव साटासाट र आपसी सिकाइको संस्कृतिलाई बढावा दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री आचार्यले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य बलियो नभएसम्म नागरिकले अपेक्षा गरेअनुसारको सेवा दिन कठिन हुने उल्लेख गर्दै तीनै तहका सरकारबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको बताए । 

मङ्सिर १२ र १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधिहरू सहभागी छन् । कार्यक्रममा विभिन्न पालिकाका सफल अभ्यास, उपलब्धि र स्थानीय सरकारबीचको सहकार्यका विषयमा अनुभव आदान–प्रदान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update