Shittalpati
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल

पाल्पा, भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीले सम्बन्धित सबैलाई अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको भन्दै प्रभावित क्षेत्रमा  उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् ।  
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् । रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आंकलन छ । घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update