Shittalpati
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

दैलेख, दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज (मंगलबार) बिहान १०ः३४ मा भूकम्प गएको हो । सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update