Shittalpati
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँचको मृत्युु

रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना भएको छ । विहीबार विहान दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो । 

दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ ।  सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी , बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी र उनका २२ दिने छोरा रोशन केसीको मृत्युु भएको हो ।  कुसारीको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित १५ सवार रहेका थिए । जसमा १० जना घाइते भएका छन् । यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update