Shittalpati
भूकम्पको निसानामा जाजरकोट

पाल्पा, २०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार  फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।

भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । पहिलो पराकम्प महशुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्रुनिच्युडको अर्को झट्का महसुस गरिएको छ । भूकम्पको झट्का महसुस भएसँगै मानिसहरूमा त्रास उत्पन्न भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निुच्युडको भूकम्प गएको हो । परकम्पले धेरै घरहरु भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् । त्यहाँ भूूकम्पको त्रास कम नहुँदै पटक पटक गएका भूूकम्पले जाजरकोट नै भूूकम्पको निरासाना बनिरहेको छ । शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएरै गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ । भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ  भने २ सय भन्दा बढी घाइते छन् ।

त्यसयता पनि साना–ठूला परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ केन्द्रको तथ्यांक अनुसार शुक्रबार रातिदेखि सोमबार अपराÞनसम्म १ सय ७७ वटा साना–ठूला परकम्प रेकर्ड भएका छन् । त्यसमध्ये चार म्याग्निच्यूडभन्दा ठूला ६ वटा परकम्प रेकर्ड भएका छन् । कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि परकम्प लगातार गइरहेका छन् । साना परकम्पले भने खासै असर गरेका छैनन् । तर स्थानीय बासिन्दा त्रसित छन् । भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने अनुमान गर्दै आएका थिए । पछिल्लो ५०० वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन । २०७२ सालको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि शुक्रबारको सबैभन्दा ठूलो भूकम्प हो । सरकारी अभिलेखअनुसार २०३७ साउन १४ गते राति बझाङमा ६.६ म्याग्निच्युडको भूकम्प गएको देखाउँछ ।  त्यसबेला एक सयभन्दा बढीको मृत्यु भएको थियो । जाजरकोट भूकम्पलाई वैज्ञानिकहरूले मध्यमस्तरको भने पनि त्यसको धक्का पाल्पादेखि भारतको नयाँदिल्लीसम्म महशुस गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update