आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि
शनिबार, माघ १७, २०८२
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
शनिबार, माघ १७, २०८२
यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।
सुनको मूल्यले तोड्यो ऐतिहासिक रेकर्ड : एकै दिन २० हजार ५ सयले बढ्यो
बिहीबार, माघ १५, २०८२
बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सुन प्रतितोला २० हजार ५ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सुनको भाउ बढेको बढ्यै, यस्तो छ कारण
बुधबार, माघ १४, २०८२
पछिल्ला केही दिन यता स्थानीय बजारमा सुनको मूल्य बढेको बढ्यै छ । डलरमा आएको गिरावटका कारण सुनको भाउ दैनिक रुपमा बढेको अनुमान गरिएको छ ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत
आइतबार, माघ ११, २०८२
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।
सुनको भाउमा नयाँ कीर्तिमन : तोलाकै ३ लाख नाघ्यो
शुक्रबार, माघ ९, २०८२
स्थानीय बजारमा सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । बुक्रबार पनि सुनको भाग ठूलो मात्र बढेको छ । विहीबारको को तुलनामा यस प्रतितोला सुन ९ हजार २ सय र चाँदी ३ सय २० ले बढेको हो ।
छ महिनामै थपियो एक खर्ब ३२ अर्ब ३४ करोड सार्वजनिक ऋण
बिहीबार, माघ ८, २०८२
राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि मुलुकमा सार्वजनिक ऋणको भार बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड सार्वजनिक ऋण बढेको छ । उक्त आर्थिक वर्षको साउनसम्म्म कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा ६ महिनाको अवधिमा बढेर २८...
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
बुधबार, माघ ७, २०८२
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।
सहकारीले ऋण दिने मात्र होइन, त्यसको अनुगमन पनि गर्नुपर्छ : सांसद राना
सोमबार, माघ ५, २०८२
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सहकारीले ऋण दिने मात्र नभई, त्यसको अनुगमन पनि गर्नुपर्ने बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २६ औं साधारण सभा तथा आठौं अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सुनको भाउ तोलामा २ लाख ८२ हजार पुग्यो
सोमबार, माघ ५, २०८२
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
कोलेनिका पाल्पाबाट करदाता सेवा सुरु
आइतबार, माघ ४, २०८२
करदाता सेवा कार्यालय पाल्पाले प्रदान गर्दै आएका सेवाहरू आइतबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), पाल्पाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’
सोमबार, पुस २८, २०८२
एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । एनसेलले विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न कम्पनीको यो प्याक ल्याएको हो ।
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
आइतबार, पुस २७, २०८२
स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड बढी भित्रिएको हो ।


