Shittalpati
आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री
आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन । 
पाल्पाका स्थानीय तहको बेरुजु झण्डै १४ करोड
पाल्पाका स्थानीय तहको बेरुजु झण्डै १४ करोड पाल्पाका स्थानीय तहले आर्थिक वर्ष २०८१÷८२ मा झण्डै १४ करोड बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहले १३ करोड ९६ लाख ५२ हजार अनुशासन विपरीत खर्च गरेको उल्लेख छ ।  
पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण
पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण लुम्बिनी प्रदेश सरकारले पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण गरेको छ । स्वदेशी उत्पादन प्रवद्र्धन तथा होजियरी उद्योगको आधुनिकीकरण गर्ने उद्देश्यले आइतबार एक कार्यक्रमबीच प्रदेश  सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्योगलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।
कार्यान्वयनमुखी बजेट ल्याउँछौँ : मन्त्री कार्की
कार्यान्वयनमुखी बजेट ल्याउँछौँ : मन्त्री कार्की लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी ल्याइने बताएका छन् ।
तानसेनको बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै
तानसेनको बर्तुङ्गमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुँदै जिल्लाको तानसेन नगरपालिका–६ बर्तुङ्गमा  खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  परम्परागत लोक कला संस्कृतिक र स्थानीय खानाको संरक्षण गर्ने उद्देश्यले बर्तुङ्ग भित्र रहेका टोलविकास संस्थाहरुले यही जेठ ९ गते शनिबार बर्तुङ्गमा एक दिने खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न लागेका हुन् ।
नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट
नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ ।
बढ्दो बेरुजु
बढ्दो बेरुजु हरेक वर्ष बढ्दो क्रममा रहेको बेरुजु नियन्त्रण गर्न सरकार असफल भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ ।
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका  लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ ।
रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी
रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी टल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो ।
सुनचाँदीको मूल्यमा उतारचढाव
सुनचाँदीको मूल्यमा उतारचढाव गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।  आइतबार सुन तोलामा  एक हजारले घटेको छ भने  चाँदीको मूल्य भने  २५ ले बढेको छ ।
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ । अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू गर्न थालिएको हो ।
Weather Update