Shittalpati
एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न पाइने भएको छ ।
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन पाल्पाले जुटायो १३ लाख ३७ हजार राहत
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन पाल्पाले जुटायो १३ लाख ३७ हजार राहत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले १३ लाखभन्दा बढी राहत रकम जुटाएको छ । प्याब्सन पाल्पाका अनुसार संस्थाले कुल १३ लाख ३७ हजार २ सय २ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको...
सम्पर्कविहीन युवराज र अमृतको खोजीमा पहल गर्न काँग्रेसको आग्रह
सम्पर्कविहीन युवराज र अमृतको खोजीमा पहल गर्न काँग्रेसको आग्रह भोटेकोशी बाढीमा परी लामो समयदेखि सम्पर्कविहीन रामपुर नगरपालिका–७ का युवराज (रामु) सोती र अमृत सोतीको परिवारलाई भेटेर नेपाली कांग्रेस पाल्पाले उनीहरूको खोजी तथा उद्धारमा थप प्रभावकारी पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बाढीपीडित विष्ट परिवारको दुःखमा काँग्रेस पाल्पाको साथ
बाढीपीडित विष्ट परिवारको दुःखमा काँग्रेस पाल्पाको साथ भोटेकोशी बाढीमा ज्यान गुमाएका तानसेन नगरपालिका–१०, सुनडाँडाका दिपेन्द्र विष्टको परिवारलाई नेपाली काँग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ । बाढीमा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको निधन भएपछि शोकमा रहेको परिवारलाई भेट्न कांग्रेस पाल्पाको टोली सुनडाँडा पुगेको हो । 
बाढीपीडितका लागि लायन्स रानीमहलको १ लाख ३६ हजार सहयोग
बाढीपीडितका लागि लायन्स रानीमहलको १ लाख ३६ हजार सहयोग बाढीपहिरोबाट प्रभावित परिवारका लागि लायन्स क्लब अफ पाल्पा रानीमहलले १ लाख ३६ हजार ५ सय ५५ रुपैयाँ बराबरको राहत सहयोग गरेको छ ।  क्लबले नगदसँगै खाद्यान्न, सरसफाइ सामग्री र कपडा संकलन गरी लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीमार्फत प्रभावित क्षेत्रमा पठाएको हो ।
लुम्बिनी प्रदेश सरकारले विपद्बाट प्रभावित परिवारलाई  राहत दिने
लुम्बिनी प्रदेश सरकारले विपद्बाट प्रभावित परिवारलाई  राहत दिने लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५ औँ बैठक शुक्रबार बसेको छ । बैंठकले लुम्बिनी प्रदेश सरकारले मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँने निर्णय गरेको छ ।
रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति
रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । 
पाल्पाका अनुशेष अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट
पाल्पाका अनुशेष अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट पाल्पाका ढाका उद्यमी अनुशेष रायमाझी अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट भएका छन् ।  पाल्पाको मौलिक ढाका बुनाइलाई आधुनिक व्यवसाय र नयाँ बजारसँग जोड्दै आएका सरस्वती ढाका कपडा उद्योगका सञ्चालक रायमाझी अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा...
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको  छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण
कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको तानसेनस्थित बर्तुङ विस्तारित काउन्टर र पाल्पा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई सो रकम हस्तान्तरण गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
पाल्पामा बढ्यो यातायातको राजस्व
पाल्पामा बढ्यो यातायातको राजस्व यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाबाट संकलन हुने राजस्व बढेको छ । चालक अनुमति पत्र र सवारी साधनमा वृद्धि भएसँगै आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनमा वृद्धि भएको हो ।
Weather Update