दाङ, लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५ औँ बैठक शुक्रबार बसेको छ । बैंठकले लुम्बिनी प्रदेश सरकारले मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । मुख्यमन्त्री आचार्यले मनसुन अझै नसकिएकाले भदौको अन्तिमसम्म ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन दिए ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए । रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट थवाङ गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । ल·्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्याड्ढ प्राप्त भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार चार स्थानीय तहका ११ परिवार विपद्बाट विस्थापित भएका छन् । यस्तै बैठकले रोल्पामा सडक र पुल मर्मतका लागि रु ५० लाख रकम निकासा गर्ने समेत निर्णय गरेको छ ।


