Shittalpati
आज विश्व मधुमेह दिवस मनाइँदै

पाल्पा, आज  विभिन्न सचेतनामूलक कार्यक्रम कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको  हो ।

मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा समयमै पहिचान र उपचारको महत्वबारे जानकारी गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष नोभेम्बर १४ तारिखमा मनाइने यस दिवसले मधुमेहबाट हुने स्वास्थ्य समस्या, यसबाट बच्ने उपाय र रोग लागिसकेपछि अपनाउनुपर्ने सावधानीबारे आम नागरिकलाई सचेत गराउने लक्ष्य राखेको छ ।मधुमेह पछिल्लो समय विश्वभर तीव्र गतिमा फैलिरहेको दीर्घकालीन स्वास्थ्य समस्याका रूपमा देखिएको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update