खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता
सोमबार, असोज १२, २०८३
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा
सोमबार, असोज १२, २०८३
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ वार्षिक साधारण सभा आइतबार तानसेनमा भएको छ । संघले वार्षिक समीक्षा गर्दै साधारण सभा गरेको हो ।
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म
सोमबार, असोज १२, २०८३
कुनै सहकारीको सफलताको कथा केवल त्यसले कति रुपैयाँ बचत गर्यो वा कति ऋण लगानी ग¥यो भन्ने अंकमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सदस्यका आवश्यकता, संकटका बेला पाएको साथ, सानो बचतबाट बनेका ठूला सपना र संस्थाप्रतिको विश्वासले पनि सहकारीको यात्रा मापन गर्छ । यही यात्राको २५ वर्ष पूरा गरेको छ...
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने
सोमबार, असोज १२, २०८३
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो
आइतबार, असोज ११, २०८३
पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता
आइतबार, असोज ११, २०८३
तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङस्थितकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।
अविरल वर्षापछि पाल्पाका विभिन्न सडकमा पहिरो
शनिबार, असोज १०, २०८३
लगातारको अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा शुक्रबार विहानैदेखि यातायात सेवा प्रभावित बन्यो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडक पहिरोका कारण अवरुद्ध भए भने प्रमुख राजमार्गका ठाउँ–ठाउँमा समेत पहिरो खसेपछि आवागमनमा समस्या भएको छ ।
गणेश सहकारीको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन
शनिबार, असोज १०, २०८३
तानसेनस्थित गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। सहकारीले शुक्रबार तानसेनमा औपचारिक कार्यक्रम आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने
शुक्रबार, असोज ९, २०८३
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता
शुक्रबार, असोज ९, २०८३
अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घरहरु भत्काउनुको साथै सडकहरु अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
पहिरोले रिब्दीकोटमा दुई घर भत्किए, एक महिला बेपत्ता
शुक्रबार, असोज ९, २०८३
जिल्लाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गा–माटो बगेर आउँदा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका कच्ची घर पहिरोले क्षतिग्रस्त बनाएको हो ।
गणेश सहकारीको अध्यक्षमा पुनः गाहा
शुक्रबार, असोज ९, २०८३
गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको शुक्रबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा
शुक्रबार, असोज ९, २०८३
गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो ।


